Home Blog Page 521
काठमाडौँ । जनक शिक्षा सामग्री केन्द्रको कागज लोड गरिएको १३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गरिने पुस्तक छाप्न वीरगन्जबाट ल्याएको भनिएको ट्रकमा सम्झौता विपरीत कम गुणस्तरको कागज ल्याएको आरोप छ । भक्तपुरको सानोठिमीस्थित सामग्री केन्द्रको कम्पाउन्ड भित्र ३ वटा र कम्पाउन्ड बाहिर ९ वटा कागज लोड भएको ट्रक प्रहरीले...
दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रदेशसभा परिसर राप्ती उपत्यका देउखुरीमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री गिरीलाई शपथग्रहण गराएका हुन्। दिउँसो १ बजे पद तथा गोपनीयताको शपथग्रहणको समय तोकिएको थियो।मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो नलाग्दा मुख्यमन्त्री गिरीको शपथग्रहण ढिला गरी भएको हो।
काठमाडौँ । वाणिज्य बैंकहरूले आगामी माघमा ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स सङ्घको बैठकले माघ महिनाका लागि  एक दशमलव १३ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो ।हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ नौ दशमलव १३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दती खातामा १५ दशमलव ३३ प्रतिशतसम्म ब्याज रहेको छ । माघमा भने बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा...
काठमाडौँ । अमेरिकाको मेरिल्यान्ड राज्यको ‘जनरल एसेम्बली’ मा दोस्रो पटक विजय हासिल गरेका नेपाली मूलका पहिलो अमेरिकी विधायक डा‍. ह्यारी भण्डारीले शपथ ग्रहण गरेका छन् ।नेपाली मूलबाट अमेरिकाको राज्य संसदमा प्रतिनिधित्व गर्नेमा भण्डारी पहिलो  हुन् । मेरिल्यान्ड राज्यको राजधानी एनापोलिसमा आयोजित शपथ ग्रहण कार्यक्रममा भण्डारीले भागवत गीता छोएर शपथ लिएका हुन् ।शपथ ग्रहणपछि भण्डारीले अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष र...
काठमाडौँ । ललितपुरमा एक पुरुष मृत फेला परेका छन्।  बिहीबार बिहान सवा ११ बजे ललितपुर महानगरपालिका-२ सानेपाबाट कुलेश्वर जोड्ने नयाँ पुल मुनी एक पुरुष मृत फेला परेका हुन्।अन्दाजी ४०-४५ वर्षीय पुरुष झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रविण पोखरेलले जानकारी दिए। ती पुरुष बागमती करिडोरको फुटपाथमा रहेको वालसहितको रेलिङमा झुन्डिएको अवस्थामा फेला परेका हुन्। उनको सनाखत...
काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् ।मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल प्रहरी महानिरीक्षकको सचिवालयमा आएका छन् भने भीमप्रसाद...
हेटौंडा । बागमती प्रदेशमा सभामुखका लागि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता साझेदार दलबाट राप्रपाका भुवन पाठक, नेपाली कांग्रेसका शिवराज अधिकार र नेमकिपाकी सृजना सायजुले सभामुखका लागि उम्मेदवारी दर्ता गरेका छन् ।सत्तारुढ दलहरुबीच मुख्य पदहरु भागवण्डा हुँदा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । जस अनुसार राप्रपाका पाठक नेकपा एमाले र माओवादीसहितको समर्थनमा सभामुखको उम्मेदवार...
जनकपुरधाम । नेकपा एमाले पहिलो पटक मधेश प्रदेशको सरकारमा सहभागी हुँदैछ । मधेश प्रदेश सभाको ठूलो दल एमालेले ३ वटा मन्त्रालयमा दाबी गरेको छ । अर्थ मन्त्रालय, भौतिक पूर्वाधार र सामाजिक विकास मन्त्रालयको दाबी गरिरहेको सांसद शारदा देवी थापाले बताइन् । प्रदेशमा १० वटा मन्त्रालय छन् ।सत्तारुढ दलहरुको भागवण्डामा एमालेले मधेशको सभामुख पद पनि पाएको छ । २०७४ सालको...
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा बोलाएका छन् ।बिहीबार दिउँसो २ बजे देउवा निवास धुम्बाराहीमा सभापति देउवाले बैठक बोलाएको कांग्रेसका मुख्‍य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार पदाधिकारी बैठकमा शीर्ष तहका नेतालाई पनि बोलाइएको छ ।
काठमाडौँ । बाँकेमा पछिल्लो २४ घण्टामा ५ जना दादुराका बिरामी थपिएका छन् । जिल्लाको नेपालगञ्ज उपमहानगरपालिकामा दुई सातायता ११५ जना बालबालिकामा दादुरा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुराकै कारण ३१ महिने बच्चाको मृत्यु भएको छ । नेपालगञ्जका ११३ र खजुराका २ जना गरी ११५ जनामा दादुरा पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । दादुरा...