प्रधानमन्त्रीको राजीनामाको माग गर्दै

188

काठमाडौँ । प्रधानमन्त्री शेख हसिनाको राजीनामा र चाँडो भन्दा चाँडो नयाँ चुनाव घोषणा गर्न माग गर्दै बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को नेतृत्वमा बङ्गलादेशका विपक्षी दलहरूले देशका विभिन्न स्थानमा सार्वजनिक सभाहरू आयोजना गरेका छन् ।

ढाकामा विद्युत् मूल्यवृद्धिको (योजना कार्यान्वयन हुन बाँकी)को विरोधमा बीएनपीले जनवरी १६ मा देशव्यापी र्‍याली र जुलुस गर्ने घोषणा गरेको छ । बिएनपीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले प्रधानमन्त्री हसिना नेतृत्वको अवामी लिगले प्रहरी र नोकरशाहलाई प्रयोग गरेर सत्तामा टाँसिएको बताए ।

ढाकाको सरकारले विगतका दुई आम चुनावमा जनताको मतदान अधिकार खोसिरहेको आलमगीरले दावी गरे ।