Home Blog Page 509
काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन्।मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढ्ने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन्।कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर...
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।मङ्गलवार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्य विभाजन समेत भइसकेको छ ।
काठमाडौँ । सर्वोच्च अदालतले सिक्लेश अन्नपूर्ण संरक्षण क्षेत्रमा केबुलकार आयोजना वा अन्य कुनै भौतिक संरचना निर्माण कार्य नगर्न/नगराउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विषयवस्तुको गम्भीरतालाई ध्यानमा राख्दा दुवै पक्षबीच छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने ठहर गर्दै अल्पकालीन अन्तरिम आदेश गरेको हो ।आदेशमा भनिएको छ, ‘दुवै पक्षबीच छलफल नभएसम्म निवेदनमा उल्लेखित क्षेत्रमा कुनै केबुलकार...
काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । लगातार बढ्दो अवस्थामा रहेको बजार परिसूचक गत साता बुधबार र बिहीबार दुई दिन घटेको थियो । तर, आइतबार र सोमबारको बिदापछि खुलेको नेप्से मंगलबार ३२.७२ अंकले बढेको थियो । बुधबार पुनः नेप्से ९.०१ अंकले गिरावट हुँदा २१७३.१० अंकमा बन्द भएको छ ।नेप्सेमा गिरावट भएपनि कारोबार रकम...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।मंगलबार ढिलो सूचना पाएक कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।
काठमाडौं । युक्रेनमा भएको हेलिकप्टर दुर्घटनामा त्यहाँका आन्तरिक मामिला मन्त्री डेनिस मोनास्टिरस्की सहित १६ जनाको मृत्यु भएको छ । राजधानी किभको पूर्वीउपनगरमा एउटा बालबालिका पढ्ने विद्यालय नजिकै हेलिकप्टर खसेको थियो ।मृत्यु हुनेमा २ जना बालबालिका छन् । १० जना बालबालिकासहित २२ जना घाइते भएका र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ । दुर्घटनामा परको हेलिकप्टर युक्रेनी आपत्तकालीन सेवाको...
काठमाडौँ । ललितपुको सुमेरु अस्पतालका चिकित्सकहरुले नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गर्न सुझाएका छन्। नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताए । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५०...
काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले उम्मेदवारी दिने भएकी छन् । सभामुखमा उम्मेदवारीका विषयमा कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको छ ।न्यौपानेले आफूलाई संसदीय दलको कार्यालयमा बोलाइएको बताइन् । छलफल सकिएपछि उम्मेदपवारी दर्ता गर्ने तयारी छ ।
काठमाडौं । काठमाडौं–बेइजिङ सिधा उडान ३२ महिनापछि पूनः सुरु भएको छ । यो उडान कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएको थियो । चीनले आफ्नो मुलुकमा लगाएको यात्रा प्रतिबन्ध पुस २४ गतेदेखि फुकुवा गरेपछि हिमालय एयरलायन्सले बेइजिङ उडान सुरु गरेको एयरलाइन्सका जानकारी दिएको छ । हिमालय एयरलायन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा माघ २८...
काठमाडौं । देवराज घिमिरेले २०३१ मा झापा विद्रोहपछि राजनीतिक यात्रा सुरु गरेका उनी सुखानी सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।एमालेका स्थायी कमिटी सदस्य रहेका उनी ०५६ मा राष्ट्रिय सभा सदस्य भएका थिए । ०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी कमिटी सदस्य भएका थिए । उनी अहिले पनि एमाले...