Thursday, October 1, 2026
Home समाचार माओवादी नेता पुनलाई डाक्टरको सुझाव ‘कलेजो प्रत्यारोपण गर्नुहोस्’

माओवादी नेता पुनलाई डाक्टरको सुझाव ‘कलेजो प्रत्यारोपण गर्नुहोस्’

57

काठमाडौँ । ललितपुको सुमेरु अस्पतालका चिकित्सकहरुले नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व मन्त्री वर्षमान पुनमा कलेजो प्रत्यारोपण गर्न सुझाएका छन्। नेपालमा कलजो प्रत्यारोपण गर्दा समस्या आउन सक्ने भएकाले देश बाहिर कहाँ लग्ने भन्ने विषयमा छलफल भइरहेको सुमेरु अस्पतालका चिकित्सक डा.युवराज शर्माले बताए । नेपालमा कलेजो प्रत्यारोपण गर्न ३० देखि ४० लाख खर्च हुने गरे पनि भारतमा गर्दा भने ५० देखि ६० लाख खर्च हुने गर्दछ। अरु देश हेरेर खर्च लाग्ने बताइएको छ । पुनलाई कलेजो प्रत्यारोपणका लागि परिवारका सबै सदस्य तयार स्रोतले जानकारी दिएको छ ।