Home Blog Page 508
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाराजगन्जस्थित टिचिङ अस्पतालमा पुगेर यती एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरेका छन् ।बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिंदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।प्रधानमन्त्रीले शव पहिचानको काम छिटो सक्न सरकारको तर्फबाट चाहिने सहयोग माग्न पनि अस्पतालका...
काठमाडौँ ।  संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो। यो सभाको तेस्रो बैठक हो।आजको बैठकबाट प्रतिनिधिसभाको सभामुख चयन हुनेछ। सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने उम्मेदवार बनेका छन्।घिमिरेका प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ,समर्थकमा हितराज पाण्डे,राजेन्द्र प्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको...
काठमाडौँ । लक्ष्मी लघुवित्तले २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ४ माघ बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयर धनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।लघुवित्तले हाल कायम चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँको १५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ५ प्रतिशत नगद प्रस्ताव...
नेपालगञ्ज । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ ।आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत...
काठमाडौँ । चलचित्र ‘सरी मम’आजबाट प्रदर्शनमा आएको छ ।लागूऔषध दुर्व्यसनी विरुद्धको कथामा बनेको चलचित्र पहिलो चरणमा उपत्यका अन्तर्गतका हलहरूमा मात्रै लाग्ने र त्यसपछि प्रदेश लक्षित गरेर सातै प्रदेशमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।नवीन बोगटीले निर्देशन गरेको चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कँडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर, सरोज...
काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिकाले कर्मचारी नियुक्तिका लागि लागि दरखास्त आह्वान गरेको छ । नगर प्रहरी र कर्मचारी करार सेवामा नियुक्त गर्ने गरी दरखास्त आह्वान गरिएको हो ।बिहीबार एक सूचना प्रकाशित गरी नगर प्रहरी, अनमी र ल्याब असिस्टेन्टका लागि आवेदन आह्वान गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कार्यालय समयमा राजस्व तिरेको सक्कल...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच वार्ता भएको हो । दुई नेताबीच सभामुख निर्वाचनको पेरिफेरीमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।सभामुखको निर्वाचन आज हुँदैछ । सत्ता गठबन्धनले एमाले नेता देवराज घिमिरेलाई र विपक्षी गठबन्धनले कांग्रेसकी नेतृ ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएका छन् ।गत पुस...
काठमाडौं । सत्ता साझेदार दलहरूका तर्फबाट सभामुखको उम्मेदवार बनेका नेकपा एमालेका नेता देवराज घिमिरेले नेपाली कांग्रेसलाई आफ्नो भूमिका स्पष्ट पार्न आग्रह गरेका छन् ।‘सभामुख पदमा त सहमति हुनुपर्ने हो । तर प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख पदमा चुनाव चाह्यो’, घिमिरेले भने । आज हुने सभामुख पदको चुनावमा घिमिरेविरुद्ध कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।न्यौपानेको उम्मेदवारी कांग्रेस आफ्नो...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आन्शिक देखि सामान्य बदली रहेको छ भने बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहेका...