काभ्रे । खानीखोला गाउँपालिकाले स्थानीय भाषा ऐन–२०७९ पारित गरेको छ । गाउँपालिकाको ११औँ गाउँ अधिवेशनले सो ऐन पारित गरी भाषा आयोगमार्फत स्थानीय मातृभाषा प्रयोग गर्न सङ्घीय सरकारसमक्ष पठाउने प्रक्रिया थालेको छ ।गाउँपालिकाका शिक्षा शाखाप्रमुख विष्णुबहादुर अधिकारीका अनुसार गाउँसभाले खानीखोला भाषा ऐन–२०७९, खानीखोला प्रज्ञा प्रतिष्ठान ऐन–२०७९ र खानीखोला भाषिक तथा सांस्कृतिक सङग्रहालय ऐन–२०७९ पारित गरेको छ । यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ ।
राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । शाही जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
काठमाडौं । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय संसदीय दल कार्यसमितिको बैठकबाट गर्ने भएको छ । सभापति एवं पार्टी संसदीय दलका नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आज बिहान बसेको पदाधिकारी बैठकले सभामुख पदमा अन्य दलसँग पनि सल्लाह गरेर उम्मेद्वारी दिने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो ।यससम्बन्धी औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दल कार्यसमितिका...
काठमाडौं । गायक नवीन कार्की र गायीका मिलन नेवारको स्वरमा रहेको गीत पानी मीठो कुवाको नानी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्की र नेवारको स्वरले सजिएको ‘पानी मीठो कुवाको नानी’ गीतको म्युजिक भिडियोमा सफल बस्नेत र जेनेलिया श्रेष्ठले अभिनय रहेको छ । गीतकार भोला पौडेलको हुन् । गीतको म्युजिक भिडियो डाइरेक्टमा सन्तोष राजवाहक छन् । रिमेश कुमार...
काठमाडौा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँले घटेर एक लाख चार हजार पाँच सय तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार कायम भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर एक हजार तीन सय ७५ रुपैयाँ...
सुर्खेत। कर्णाली प्रदेश सभाका उपसभामुखका लागि काँग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेले उपसभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।उनीहरू दुवै समानुपातिक सांसद हुन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने काँग्रेसकी शाही...
काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ । यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीको सेयर कारोबार भएको छ ।बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसूचकहरुमध्ये पाँच कम्पनीको...
काठमाडौँ । सत्ता साझेदार दलका तर्फबाट प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने निश्चित भएको छ । एमालेसहित माओवादी केन्द्र, रास्वपा र राप्रपाका नेताबीच भएको यसअघिको सहमतिअनुसार घिमिरेलाई सभामुखको उम्मेदवार बनाउन लागिएको एमाले उपाध्यक्ष नेता सुवास नेम्वाङले बताए ।घिमिरे झापा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। प्रतिनिधि सभाको सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ।...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक आज पनि बस्दैछ। बैठकले सरकारमा सहभागी हुने कि नहुने भन्ने विषयमा छलफल गर्नेछ।मंगलबार पनि जसपाको संसदीय दलको बैठक बसेको थियो। जसपाले सत्तारुढ दलहरूले आफूलाई सन्तुलित र न्यायोजित मन्त्रालय नदिएको भन्दै सरकारमा नजाने निर्णय गरेको थियो।बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ। जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपराष्ट्रपति पनि माग गरेको...
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन्। बुधबार बिहान देउवा, नेपाल र यादवबीच सभामुख चयनकाे पूर्वसन्ध्यामा भेटवार्ता भएकाे हाे।संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सभामुख चयनको कार्यतालिका प्रकाशन गरेको छ। जसअनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नुपर्नेछ। जसपाले सत्तारूढ दलहरूले आफूलाई...










