Thursday, October 1, 2026
Home राजनीति राम्रो काम गर्ने कर्मचारीलाई प्रमोसनको व्यवस्था गर्नुपर्ने

राम्रो काम गर्ने कर्मचारीलाई प्रमोसनको व्यवस्था गर्नुपर्ने

42

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले बजेटको दुरुपयोग हुन नदिन मातहतका सबै निकायलाई कडा निर्देशन दिएकी छन्।

मन्त्री साहले आफू मातहतका सबै निकायको अनुगमन गरी खराब काम गर्ने कर्मचारीलाई दण्ड दिने र राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहित गरेर अघि बढ्ने आफ्नो कार्य योजना रहेको पनि स्पष्ट पारिन्।

कृषि विभागले बुधबार प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसर पारेर ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राम्रो काम गर्ने कर्मचारीलाई मनोबल नघट्ने गरी काम गर्ने वातावरण बनाउने आफ्नो दायित्व रहेको बताइन।

कृषि मन्त्रालयका कर्मचारीले किसानको समस्या बुझेको हुनुपर्ने उल्लेख गर्दै उनले ती समस्या समाधानका लागि मेहनतका साथ काम गर्नुपर्नेसमेत बताइन्।