काठमाडौँ । नेपालकै ठूलो निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो पुरानो जहाज बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो हवाई सेवाको सुरुवाती जहाज १९ सिट क्षमताका दुईवटा बिचक्रफ्ट जहाज बेच्न लागेको हो । कम्पनीका अनुसार क्यानडाको स्काइलिंक कम्पनीले उक्त जहाज खरिद गर्न लागेको हो ।बुद्ध एयरले आफ्नो स्थापनाकाल सन् १९९७ मा ‘नाइन एन (एईई र सन् १९९८...
काठमाडौँ । भारतीयलाई नेपाली नागरिकता बनाउन सिफारिस गर्नेदेखि स्थलगत वस्तुस्थिति (सर्जमिन)मा बसेका वडाध्यक्षसहित पाँचजनालाई पक्राउ गर्न आदेश जारी भएको छ । सप्तरी जिल्ला अदालतले नागरिकता सिफारिस गर्ने डाक्नेश्वरी नगरपालिका-३ का वडाध्यक्ष भागेश्वर यादव र सर्जमिनमा बसेकाहरूलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।केही वर्षदेखि मामाघर डाक्नेश्वरी बस्दै आएका भारत बिहार राज्यको मधुवनी जिल्लास्थित फुलपरासनिवासी धीरे मुखियालाई नागरिकता बनाइदिन गत...
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप अरू दश लाख दिने घोषणा गरेको छ ।नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ मार्फत तोकिएको मापदण्डका आधारमा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगबहादुर गुरुङले जानकारी दिए ।स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि...
काठमाडौँ । आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारै जना स्वास्थ्यकर्मी रहेको खुलेको छ ।कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार मृत्यु भएकामा दैलेख डुङ्गेश्वर गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) दीपेन्द्रजंग शाही छन् ।त्यसैगरी दैलेख भगवतीमाई गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं) बबिन शाही र दैलेख गुराँस गाउँपालिकामा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैटौं)...
जनकपुरधाम। अपहरणपछि जनकपुरधामका दुई युवकलाई भारतमा हत्या गरिएको छ। जनकपुरधाम उपमहानगरपालिका ८ का रोहित साह र १३ का विष्णु साहको भारत बिहारस्थित सितामढी जिल्लाको बेला परिहारमा हत्या गरिएको हो ।रोहितले बिष्णुलाई लिएर आफन्तको घरमा गएका बेला करिब १३ दिनदेखि सम्पर्कविहिन रहेका दुबै जना सोही स्थानमा मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । मृतक दुबैजना परिवारका सदस्य हुन् ।आफन्तको...
चितवन । शुक्रबार दिउँसो नारायणी नदीको भंगालोमा गैंडा मरेको खबर सुन्नेबित्तिकै कावासोतीका विष्णु अधिकारी दौडिदै पुगे ।घटनास्थलमा उनले ह्दयविदारक दृश्य देखे । गैंडाका आमा र छोरा केही मिटरको दूरीमा मृत अवस्थामा थिए । १४ बर्षको पोथी गैंडाको खाग काटिएको थियो । खाग काटेको ठाउँबाट रगत बगिरहेको थियो । खाग नआइसकेको चार बर्षको केटो गैंडा पनि मारिएको थियो ।पूर्वी नवलपरासीको...
टोक्यो । जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ । उनीहरूको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी त्यस अपार्टमेन्टमा रहेका अरु चार जना जलेर घाइते भएका छन् ।त्यहाँ रहेको एक तीन तले अपार्टमेन्टको पहिलो तलामा नै आगो लागेको बताइएको छ । बिहानीपख सो...
काठमाडौँ । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनका तुलनामा आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले घटेको हो।अघिल्लो दिन प्रतितोला एक लाख पाँच हजार दुई सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज एक लाख पाँच हजार रुपैयाँ तोकिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख चार हजार पाँच...
धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ । आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ । धरान ५ सार्वजनिक...
काठमाडौं । नेपाली कांग्रेसले प्रमुख विपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ ।संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख विपक्षी दल र विपक्षी दलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख विपक्षी दल भएको दाबी गरेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत...










