काठमाडौं । जुम्लामा जडीबुटी मिसाएको खाजा खादा एक जनाको मृत्यु भएको छ, भने तनि जना बिरामी भएका छन् ।जुम्ला चन्दननाथ नगरपालिका-८ रोकायावाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ ।प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार चन्दननाथ ८ का तिल धरालाको घरमा बनाउने क्रममा खाजा खादा बिरामी...
काठमाडौँ । राष्ट्र बैङ्कले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ५० पैसा र बिक्रीदर १३० रुपैयाँ १० पैसा कायम गरिएको छ।शुक्रबार डलर एकको खरिददर १२९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३० रुपैयाँ ४८ पैसा तोकिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा ३८ पैसा घटेको हो। त्यस्तै, युरोपियन युरो एकको खरिदमा भने १४०...
दाङ । नेकपा एमाले पोलिटब्युराे सदस्य पार्वत गुरुङले एमालेबाट उम्मेदवारी दिने व्यक्ति नै राष्ट्रपति हुने बताएका छन्।दाङको लमहीमा प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व सञ्चारमन्त्रीसमेत रहेका गुरुङले सत्तारूढ दलको बीचमा भएको सहमति बेगर कांग्रेस वा बाहिरबाट राष्ट्रपति चुनिने विषय हल्ला मात्रै भएको बताए।‘कांग्रेसले एमाले र माओवादीको बीचमा अविश्वास सृजना गर्नको लागि चलाएको हल्लामात्रै हो। एमालेभन्दा बाहिरबाट आउने...
काठमाडौँ । सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । सोही कारण आज नेप्से पनि बन्द भएको छ ।अब सेयर बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा आएर रोकिएको थियो ।पछिल्लो समय सेयर बजार केही बढेको छ । सेयर १८ सयको हाराहारीमा आएकोमा साढे २२ सयको विन्दुमा...
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिवएर गल्ती गरेको बताएका छन् । संस्थापनइतर पक्षका नेताहरूसँगको जारी बैठकलाई सम्बोधन गर्दै नेता कोइरालाले विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका हुन् ।आफूले तटस्थ बसौ भनेर प्रस्ताव राखेको तर सुनुवाइ नै नगरी बहुमतले निर्णय गरेर प्रधानमन्त्रीलाई विश्वासको मत दिइएको उनको भनाइ छ । ‘प्रधानमन्त्रीलाई विश्वासको...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलबीच बजेटबारे छलफल भएको छ ।छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गरेकी छन् । आइतबार अर्थमन्त्री पौडेलको निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गरेकी हुन् ।यस्तै शर्माले दाङको घोराही तुलसीपुर...
तुलसीपुर । तुलसीपुरमा विद्यालयका लेखापालको तलब बढेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले गतको साउन महिनादेखि लागू हुने गरी दुई हजार तलब बढाएको हो । यससँगै अब लेखापालले २० हजार पाँच सय तलब पाउनेछन् ।यसअघि उपमहानगरपालिकाभित्रका लेखापालको तलब १८ हजार पाँच सय थियो ।
काठमाडौँ । ब्राजिलका राष्ट्रपति लुला इनासियो दा सिल्भाले सेना प्रमुख जुलियो सेजार दे आरुदालाई बर्खास्त गरेका छन्। दुई हप्ता अघि ब्राजिलको राष्ट्रपति कार्यालय, सर्वोच्च अदालत लगायतका सरकारी भवनमा हजारौंको संख्यामा दक्षिणपन्थी प्रदर्शनकारीहरुले गरेको तोडफोड रोक्न सुरक्षा सयंन्त्र चुकेको उनको भनाइ छ।लुलाले सैन्य बल प्रदर्शनकारीहरुको पक्षमा रहेको आशंका गरेका छन् भने दर्जनौं सैनिक अधिकृतहरुलाई बर्खास्त गरेका छन्। राजप्रसाद, कंग्रेस र...
काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइराला पक्षको भेला काठमाडौँमा भएको छ। बत्तिस पुतलीमा आज बिहान ८ बजेदेखि भेला जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन भेला भएको हो।भेलामा १४ औँ महाधिवेशनमा कोइराला पक्षबाट उम्मेदवार भई निर्वाचित पदाधिकारी, शीर्ष नेता, केन्द्रीय सदस्यहरू, सांसदहरू तथा प्रदेश सभापतिहरू सहभागी छन्।
काठमाडौँ । राष्ट्रपतिको निर्वाचन फागुन २० पछि सार्ने तयारी भएको छ । संवैधानिक व्यवस्थाअनुसार माघको अन्तिमसम्म राष्ट्रपतिको निर्वाचन भइसक्नुपर्ने हो ।तर नयाँ निर्वाचित राष्ट्रपतिको व्यवस्थापन र पुरानोको बिदाइमा समस्या पर्ने देखिएकाले कानुन नै संशोधन गरेर चुनाव सार्ने विषयमा सत्तारुढ दलहरुबीच कुराकानी भइरहेको स्रोतले जानकारी दिएको छ । ‘नयाँ निर्वाचित राष्ट्रपतिको एक महिनासम्मको व्यवस्थापन र पुरानोको अवस्थालाई ध्यानमा राखेर कुराकानी...










