Wednesday, September 23, 2026
Home समाज एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख

90

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप अरू दश लाख दिने घोषणा गरेको छ ।

नगरपालिकाले हालै ल्याएको ‘शैक्षिक सुधार कार्यक्रम’ मार्फत तोकिएको मापदण्डका आधारमा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप उक्त रकम दिन लागिएको नगरप्रमुख जगबहादुर गुरुङले जानकारी दिए ।

स्थानीय तहले शिक्षाको समग्र विकास गर्न उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने विश्वास लिइएको उनको भनाइ छ ।

शिक्षाको माध्यमबाटै स्वास्थ्य क्षेत्रको सुधार, सीप तथा क्षमता अभिवृद्धि र रोजगारको सिर्जना गर्न सकिने उनको भनाइ छ ।

विद्यालयलाई शैक्षिक क्यालेन्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य कार्यक्रममा समावेश गरिएको गाउँपालिका उपप्रमुख शिवप्रसाद दाहालको भनाइ छ ।