Home Blog Page 501
काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३०० सय रुपैयाँले बढेर तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य पनि तोलामा तीन सयले बढेर १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । हिजो...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका मन्त्रालयको संख्या घटाउन र खर्चभार कटौती गर्न आफूले प्रस्ताव गरिसकेको र सोहीअनुसार केही प्रदेशहरूमा मन्त्रालयको संख्या घटाइएको बताएका छन् । सोमबार बिहान सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशका मन्त्री, सांसद र नेताहरूको टोलीसँग कुरा गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् ।बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले भने,’प्रदेशहरू आफैमा स्वायत्त तह हुन्। उनीहरूले कसरी...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्ने निर्णय गरेको छ। आइतबार बसेको केन्द्रीय समितिको बैठकले आगामी जेठभित्र देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो।पार्टीका प्रवक्ता मुकुल ढकालले जारी गरेको विज्ञप्तिमा माघ १४ देखि प्रादेशिक भेला गर्ने उल्लेख छ। यसअनुसार माघ १४ गते प्रदेश १ को विराटनगरमा भेला हुनेछ।माघ १६ गते मधेश प्रदेशको जनकपुर, माघ १८ गते बागमतीको...
काठमाडौँ । सरकारले उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।पुस अन्तिम साता मात्रै सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले सिङ्गो प्रशासन संयन्त्रलाई सङ्घीय लोकतान्त्रिक शासन प्रणालीको तादात्म्य कायम गराउन आयोग गठन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको अध्यक्षतामा ‘उच्चस्तरीय प्रशासन सुधार आयोग’...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ‘राप्रपा नेपाललाई फेरि उठाउँछौ’ भन्ने सङ्कल्पका साथ बैठक बिहान ११ बजे बस्न लागेको हो ।दुई दिन बस्ने बैठक निर्वाचन र मुलुकको पछिल्लो राजनीतिको समीक्षा, भावी वैचारिक र सांगठनिक योजना कार्यक्रम र रणनीति निर्माणमा केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा पार्टी अध्यक्ष कमल थापाले...
काठमाडौँ । नवनिर्वाचित उपसभामुख इन्दिरा रानामगरले आज शपथ ग्रहण गर्दैछिन्। आज साँझ ५ बजे रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्ने संसद सचिवालयले जनाएको छ।प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन्। बिहीबार मत विभाजन हुँदा रानामगरको पक्षमा १ सय ६६ र विपक्षमा ९७ मत परेको थियो। एक सांसद भने तटस्थ बसेका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न मुख्यमन्त्री रावल सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए।उनीहरुबीच बधाई तथा शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मुख्यमन्त्री रावललाई विश्वासको मत जुटाउन सकस परेको छ। २७ पुसमा नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल माओवादी, राप्रपा र नागरिक उन्मुक्तिको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझ बाट देशको सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिन्छ।हाल मौसमको अवस्था (Present Weather Status) देशभर मौसम सामान्यतया सफा रहेको छ।२०७९ माघ...
काठमाडौँ । रुपन्देहीमा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएसँगै भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर नेपाल आयात गरिएका खसीबोका सशस्त्र प्रहरी बल नेपाल, बीओपी बयरघाटले नियन्त्रणमा लिएर भन्सार पठाएको हो । अवैध रुपमा मासुजन्य वस्तुको आयातमा थप कडाइ गर्न गृह मन्त्रालयले निर्देशन दिएसँगै सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय भएको हो ।भारतबाट भित्रिएका...
काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेशमा सहकार्यलगायतका विषयमा जनता समाजवादी पार्टी नेपालसँग छलफल गरेको छ । पार्टीका उपाध्यक्ष वसन्त कुशवाहा र महासचिव चन्दन सिंहलगायतका नेताहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका हुन् ।बालकुमारीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा मधेस सरकार गठनमा मन्त्रालयको बाँडफाँट र मधेसमा छुट्टै गठबन्धन बनाउने विषयमा छलफल भएको बताइएको छ । मधेस प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने...