काठमाडौं । स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ गरेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार नेपालका चार र विदेशी ६ जना फिक्सिङमा संलग्न भएको देखिएको छ ।उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि उनको नाम खुलेको छैन ।
काठमाडौँ । नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गरेका छन्।उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उनले आग्रह गरे।भारतीय सहयोगमा सञ्चालित जनकपुर-जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ऋण सहयोगमा अगाडि...
काठमाडौँ । प्रदेश १ मा नेपाली काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई नियुक्त भएका छन् ।काँग्रेस संसदीय दलका नेता उद्धव थापाले सोमबार राईलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । प्रदेश १ को प्रदेशसभामा काँग्रेसका २९ सांसद छन् ।
काठमाडौँ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा ज्यान गुमाउने श्रमिकका परिवारलाई आर्थिक सहायता विषयमा १६ करोड ७ लाख ५५ हजार रुपैयाँ खर्च भएको बोर्डले जनाएको छ । यसरी ज्यान गुमाउने ९...
काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सोमबारबाट हुने तय भएको बहस स्थगित भएको छ। अन्तिम फैसलाका लागि सोमबारबाट बहस हुने कार्यतालिका रहे पनि पीडित पक्षका वकिलले पेशी स्थगित गरेका हुन्।सोमबार जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएपछि पेशी स्थगित भएको हो ।
काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । आलम नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्वअलराउण्डर हुन् । उनको नाममा एकैखेलमा १० विकेट लिएको कीर्तिमानी छ ।पक्राउ परेका अन्सारीले गत...
काठमाडौँ । आज सोमबार कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन)मा नेप्से सूचक ५.९६ अंकले वृद्धि भई २१८४.७७ विन्दुमा आएको छ ।यससँगै २९ कम्पनीको ७ हजार ६९८ कित्ता सेयर खरिदबिक्री हुँदा २८ लाख बढीको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १७ कम्पनीमा उकालो लागेको छ भने ९ कम्पनी घटेको छ । ३ कम्पनी स्थिर छ ।
यता, १३ उपसूचकहरुमध्ये ४...
पोखरा । गण्डकी प्रदेश सरकारले ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । मुख्यमन्त्री खगराज अधिकारीले सत्तारुढ दलका नेताहरुसँग आइतबार गरेको छलफलमा १२ वटा मन्त्रालयलाई ७ मा झार्ने सहमति भएको थियो । तर कुन कुन मन्त्रालय खारेज गरेर कुन कायम गर्ने भन्ने तय भएको थिएन ।सोमबार विहान मन्त्रालयहरु टुंगिएका छन् । अब मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आर्थिक मामिला, अन्तरिक मामिला...
बुटवल । रुपन्देहीमा सबैभन्दा पहिला स्थापना भएको पाँचतारे होटेल टाइगर प्यालेस रिपोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको ठहर भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित पाँचतारे टाइगर प्यालेस रिपोर्टले भैला भुजको सार्वजनिक जग्गा मिचेको जिल्ला अदालत रुपन्देही ठहर गरेको हो ।सार्वजनिक जग्गा मिचेको आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा मुद्दा परेको थियो । मुद्दामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्ण मुरारी सिवाकोटीको...
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागिमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज (सोमबार) सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।राष्ट्रपतिका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल हुन बाँकी रहेको कांग्रेस नेता शेखर कोइरालाले बताए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले सभामुख र उपसभामुखका लागि...










