Home Blog Page 494
काठमाडौँ । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदीले मनोनयन दर्ता गरेका छन्। सत्तारुढ दलको तर्फबाट उनले मनोनयन दर्ता गरेका हुन्।दसौतीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रदेशसभा सदस्य मीनाकुमारी श्रेष्ठ समर्थक रहकी छन्।माघ २५ गते हुने उपनिर्वाचनमा बुधबार मनोनयनको कार्यतालिका थियो। काँग्रेसको तर्फबाट माधव आचार्यले मनोनयन दर्ता गर्दैछन्। नेकपा...
काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक-ए-इन्साफ (पिटिआइ) का नेता फवाद चौधरी पक्राउ परेका छन्। प्रहरीले चौधरीलाई उनको घरबाट पक्राउ गरेको हो । पक्राउपछि उनलाई लाहोर अदालतमा पेस गरिएको छ।पूर्व सञ्चारमन्त्री चौधरीमाथि ‘संवैधानिक संस्थाविरुद्ध मानिसलाई भड्काउने कोसिस’ गरेको आरोप छ। तहरिक–ए–इन्साफका नेता शिरीन मजारीले फवाद चौधरीको गिरफ्तारीलाई लिएर आलोचना गरेका छन्। चौधरीले चुनाव आयोगका सचिवलाई ‘मुन्सी’ भनेकाले...
काठमाडौँ । गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूले आ–आफ्नो मन्त्रालयमा पदबहाली गरेका छन्। मुख्यमन्त्री खगराज अधिकारीले मङ्गलवार साँझ तीन मन्त्री थप गरी मन्त्रिपरिषद्लाई पूर्णतादिएका थिए। यसअघि नियुक्त मन्त्रीहरूको कार्यविभाजन तोकिएपछि आज बिहान मन्त्रीहरूले पदभार ग्रहण गरेका हुन्।भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री हरिबहादुर चुमान, आर्थिक मामिलामन्त्री सीता कुमारी सुन्दास, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जाली र आन्तरिक मामिला तथा...
काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाडौँ ल्याइएका ४८ मध्ये ६ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ ।अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताए । ६ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उनले...
काठमाडौँ । विसं २०८० का लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकताको वैधतामा प्रश्न उठाएर दायर रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।नागरिकताको वैधतामा प्रश्न उठाउँदै लामिछानेको प्रतिनिधिसभा सदस्य खारेजीको माग गर्दै अधिवक्ता रबिराज बसौला समेत र अधिवक्ता युवराज पौडेलसमेतले दायर गरेको दुई वटा छुट्टाछुट्टै रिटमाथि बुधबार संयुक्त रुपमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको हो।कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू  विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पनि बागमती प्रदेशमा आफ्नो तर्फबाट पाउने थप तीनजना मन्त्रीको नामावली फाइनल गरेको छ ।माओवादीले मकवानपुरकी कुमारी मोक्तान, सिन्धुपाल्चोकका युवराज दुलाल तथा सिन्धुलीका गङ्गानारायण श्रेष्ठलाई मन्त्री बनाउने भएको हो ।श्रेष्ठले आन्तरिक मामिला मन्त्रालय, दुलालले भौतिक योजना तथा मोक्तानले सामाजिक विकास मन्त्रालय पाउने भएका छन् । गठबन्धनमा माओवादीलाई थप ४, एमालेलाई ४ र राप्रपालाई थप १...
काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिमण्डलले पूर्णता पाउन अझै डेढ हप्ता लाग्ने भएको छ । पुस २७ गते प्रदेश सभाका १० मध्ये ७ दल र २ स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा नेकपा एमालेका नेता लीला गिरी मुख्य मन्त्री नियुक्त भएका थिए ।सोही दिन एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी बिना विभागीय मन्त्री नियुक्त भएका थिए...
काठमाडौँ । बागमती प्रदेशको ११ मन्त्रालयमा सत्तारुढ गठबन्धनका तीन दलबीच भागबण्डा मिलेको छ । मङ्गलवार साँझ र बुधबार बिहानको बैठकले माओवादीलाई ४, एमालेलाई ४ र राप्रपालाई १ मन्त्री पाउने गरी निर्णय भएको पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले बताए ।एमालेले मकवानपुरका एकालाल श्रेष्ठ, काठमाण्डौँका केशव पोखरेल तथा ललितपुरका रामेश्वर श्रेष्ठलाई मन्त्री बनाउने निर्णय गरिसकेको छ । एकालाललाई श्रम, रोजगार तथा यातायात,...
काठमाडौँ । कालीमाटीदेखि बल्खुसम्मका विभिन्न अटो व्यवसायीहरू ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै आन्दोलित भएका छन् । कुलेश्वर अटो व्यवसाय सङ्घले काठमाडौँ महानगरपालिकामा गरिखान देऊ भन्दै विरोध गरेका हुन् ।उनीहरूले आफ्नो पसल अगाडि एक मिनेट पनि सवारी रोक्न नदिएको भन्दै महानगरपालिकाको केन्द्रीय कार्यालयमा चर्को नाराबाजी गरेका छन् ।‘महानर गरिखान दे भन्दै’ नाराबाजी समेत गरेका थिए । उनीहरूको ट्राफिक प्रहरी महाशाखा...