Home Blog Page 495
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेका विषयगत संसदीय समितिहरू गठनका लागि समय लाग्ने भएको छ । प्रतिनिधिसभाले नयाँ नियमावली बनाउन लागेकोले समिति र त्यसले गर्ने कामकाज सुरु हुन समय लाग्ने देखिएको हो ।मङ्गलवार बसेको प्रतिनिधिसभाको बैठकले प्रतिनिधिसभाको नियमावली मस्यौदा समिति गठन गरेको छ । सो समितिलाई मस्यौदा बनाउनका लागि १५ दिनको समय दिइएको छ । सो नियमावलीको मस्यौदा आएर त्यसलाई...
काठमाडौँ । नायव सुब्बा शिवकुमार यादवले अदालतबाटै अन्याय भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् । उनी जिल्ला अदालत मोरङमा कार्यरत छन् ।अंश चलान मुद्दामा विवाद भएपछि उच्च अदालत विराटनगर दरबन्दी भई मोरङ जिल्ला अदालतमा कार्यरत १ कर्मचारीलाई काज सरुवा गरी सोलुखुम्बु पठाइएको थियो । जिल्ला अदालत मोरङमा कार्यरत नायव सुब्बा यादवलाई उच्च अदालत विराटनगरले गत पुस ११ गते...
काठमाडौँ । मङ्गलवार मध्याह्न बानेश्वरको संघीय संसद् भवन अगाडि प्रेम प्रसाद आचार्यले आफैँलाई आगो लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद् भवनबाट निस्किए लगत्तै उनले मूल सडकमा आफैँलाई आगो लगाएका थिए ।प्रहरीले तत्काल उद्धार गरेर उनलाई कीर्तिपुर अस्पतालको बर्न वार्डमा पुर्‍यायो । उनी इलामका सूर्योदय नगरपालिका–११, फिक्कलका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ हुन् । चिकित्सकहरूका अनुसार अस्पताल पुर्‍याउँदा उनको शरीरको लगभग...
काठमाडौँ । धादिङको गल्छी गाउँपालिका-८, सुत्केरी ढुङ्गाबाट ३४ किलो ५०० ग्राम चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका-८, किरानचोकका ३२ वर्षीय वीर बहादुर तामाङ रहेका छन् ।गोप्य सूचनाको आधारमा लागू औषध ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले लुकाएर राखेको ठाउँमा चरेस फेला पारेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए...
काठमाडौं । नेकपा माओवादी केन्द्र मधेश प्रदेशका दुईजना प्रदेश सांसदले शपथ लिएका छन् । रजि हैदर र रुवी कर्णले प्रदेश सभा सचिवालयमा आज शपथ लिएका हुन् । सभामुख रामचन्द्र मण्डलले उनीहरूलाई शपथ खुवाएका हुन् ।दुवै जना समानुपातिक प्रणालीबाट सांसद भएका हुन् । मुद्दा परेपछि सर्वोच्च अदालको आदेशले दुई सांसदको शपथ रोकिएको थियो । मधेश प्रदेशमा अरु १०५ सांसदको शपथ...
काठमाडौँ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा उकालो लागेको छ । यो सेसनमा नेप्से परिसूचक २.४२ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।यससँगै १३ कम्पनीको ८ सय ८५ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख ६४ हजार ६२३ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ७ कम्पनीमा उकालो लागेको छ भने ६ कम्पनी घटेको छ ।१३ उपसूचकमध्ये...
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेको मुद्दा सुनुवाइ गर्ने इजलासमा एक जना न्यायाधीश हेरफेर भएका छन् । यसअघिको इजलासमा नरहनेका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् भने प्रकाशमान सिंह राउत हटेका छन् ।वरिष्ठतम न्यायाधीश श्रेष्ठ यसअघि २२ पुसको सुनुवाइमा बिदामा थिए । यसअघिको सुनुवाइमा रहेका कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार...
काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य १०० रुपैयाँले घटेर तोलामा १ लाख ६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै, तेजाबी सुनको मूल्य पनि एक सयले घटेर तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ पुगेको छ । यसैगरी, आज चाँदीको मूल्य स्थिर कायम छ । आज चाँदीको...
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफैँलाई आगो लगाएर जलाउने प्रेमप्रसाद आचार्यको निर्णयमा आफूहरू दोषी रहेको बताएका छन्।बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्- दु:ख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन । आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौँ, म दोषी छु। प्रेम...
तानसेन । तानसेन-रिडी-तम्घास सडकखण्ड एक महिना बन्द हुने भएको छ । सो सडकखण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो ।माघ १० गतेदेखि फागुन ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि...