काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएको छ ।नागरिक उन्मुक्तिको समर्थनमा एमालेका राजेन्द्र रावल २७ पुसमा मुख्यमन्त्री बनेका थिए । उनले एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्छ ।तर नागरिक उन्मुक्तिको समर्थन गर्ने सुनिश्चित नभएका कारण अहिलेसम्म विश्वासको मत लिएका छैनन् । उनले शीर्ष तहबाटै सहमति खोजेका छन् ।तर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले...
काठमाडौँ । भारी हिमपात र शक्तिशाली हुरीका कारण जापानका अधिकांश क्षेत्रमा यातायात प्रणाली अवरुद्ध भएको छ । जापानमा यो वर्ष एक दशक यताकै अधिक चिसो र हिमपात भएको छ । प्रतिकूल मौसमका कारण प्रमुख रेल सेवा बन्द भएका छन् ।बाक्लो तुषारोले गर्दा द्रुत रेल सेवाको गति पनि मन्द भएको छ भने केही स्थानमा सेवामा विलम्ब भएको छ । बुलेट...
काठमाडौँ । सभामुख देवराज घिमिरेसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटवार्तामा उनीहरुबीच दुई देशबीचको सम्बन्ध, आपसी हितलगायतका विषयमा विचार विमर्श भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
सो अवसरमा सभामुखलाई बधाई ज्ञापन गर्दै राजदूत श्रीवास्तवले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।
काठमाडौँ । सरकारी वकिलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि पालना नगरेको स्वीकार गरेका छन् । तर कार्यविधि पालना नगरेकै आधारमा गैर नागरिक हुने अवस्था नभएको उनीहरूको तर्क छ ।लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सांसद पद खारेज गर्नुपर्ने माग गर्दै परेको रिटमा बुधबार संवैधानिक...
विराटनगर । प्रदेश १ मा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्। उनले आज बुधबार शपथ लिएका छन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारूले शपथ गराएका हुन्। शपथ प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा भएको हो।बिर्तामोड ५, झापा निवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६० को...
लमजुङ । गृह मन्त्रालयको निर्देशनमा जिल्लामा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि निर्माण व्यवसायी मारमा परेका छन्। सबै क्रसर उद्योगहरू बन्द भएपछि सामग्री अभावमा निर्माण कार्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। उत्पादित पुरानो सामग्री पनि उठाउन नपाउने र नयाँ उत्पादन पनि रोकिएपछि निर्माणका कामहरू अघि बढ्न नसकेको निर्माण व्यवसायी संघ लमजुङका अध्यक्ष सतिश पराजुलीले बताए। हाल रहेको मापदण्डले जिल्लामा कुनैपनि क्रसर उद्योगहरू...
हेटौंडा । बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदमा बाँकी सदस्य नियुक्ति गर्नुका साथै सबै मन्त्रीहरुको जिम्मेवारी पनि तोकेका छन् । बुधबार नियुक्त भएका मन्त्रीहरुले बुधबार नै प्रदेश प्रमुख प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।जम्कट्टेल मन्त्रिपरिषदमा नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानून मन्त्री, माओवादीका...
काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमित रूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिक रूपमा हुने विद्युत् विच्छेद जस्ता अवरोधलाई समेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो ।प्राधिकरणले आगामी ३० वर्षसम्मको काठमाडौँ उपत्यकाभित्रको बिजुलीको मागलाई सहजतापूर्वक सम्बोधन...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ लाग्न नभई निष्ठाले देश र जनताका पक्षमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।काठमाडौँमा भएको कार्यक्रममा अरु दलहरूले र ती दलका नेता तथा कार्यकर्ताले आफ्नो मात्र लाभ हेर्ने गरेको आरोप लगाउँदै ओलीले उनीहरूको देखासिकी गरेर चलाखीले व्यक्तिगत चाहना पूरा गर्नेतर्फ नलाग्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।समाजलाई...
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दामा भइरहेको अन्तिम सुनुवाइमा रिट निवेदकतर्फका वकिलको बहस सकिएको छ। रिट निवेदकका तर्फबाट संवैधानिक इजलासमा आज पाँच जना वकिलहरूले बहस गरेका छन्। रिट निवेदकका तर्फबाट रवि बसौला, युवराज पौडेल, सुरेन्द्र भण्डारी, नीतिका ढुङ्गानालगायतले बहस गरेका हुन्।अहिले खाजा समयका लागि सुनुवाइ रोकिएको छ। खाजा समयपछि लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूले...









