Home Blog Page 492
काठमाडौँ । हेटौँडामा रहेको नेपाल विद्युत् प्राधिकरणको गोदाममा गए राति आगलागी हुँदा सामानहरू जलेर नष्ट भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ भैरव रोडमा रहेको नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय गोदाममा गए राति आगलागी भएको हो।गोदाममा लागेको आगो प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र हेटौँडा उपमहानगरको दमकलले करिब २ घण्टापछि निभाएको थियो। गोदाममा करेन्ट सर्ट भएर आगलागी भएको हुन सक्ने...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना लगायतका उच्च पदाधिकारीहरू हनुमान ढोका दरबारस्थित नासलचोक पुगेर वसन्त श्रवण गरेका छन् ।सरस्वती पूजाको अवसरमा राष्ट्रपतिले वसन्तपुर पुगेर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । यो प्रचलन राजा प्रताप मल्लको पालादेखि नै हुँदै आएको पाइन्छ । सोही परम्पराअनुसार नासलचोक पुगेकी...
काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो दुई बजेलाई सारिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक तीन घण्टा पछि सारिएको हो ।पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा पार्टी एकता र समसामयिक विषयमा छलफल हुनेछ ।
काठमाडौँ । सुपर मादी हाइड्रोपावरको आइपीओमा बिहीबारसम्म मात्र आवेदन दिन पाइने भएको छ। आज माघ १२ गते बिहीबार अन्तिम दिन भएकाले लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्।यसमा मागभन्दा बढी आवेदन परिसकेको छ। यस कम्पनीले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो। कम्पनीले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता आइपिओ जारी गरेको हो।यो मध्ये...
काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको छ । बिहीबार राजदूतावासले विभिन्न कार्यक्रमको आयोजना गरी काठमाडौँमा आफ्नो ७४ औँ गणतन्त्र दिवस मनाएको हो ।सो अवसरमा भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन पुर्‍याएको योगदानलाई कदर गर्दै कहीँ व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ । साथै भारतीय सेनामा कार्यरत रहेर दिवङ्गत भएका नेपालीहरूको सम्मानमा उनीहरूको परिवारलाई पनि...
काठमाडौँ । आज बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर...
सुर्खेत । सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ । यहाँका तीन पालिकाका पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको हो ।अहिले वीरेन्द्रनगरमा तीन, गुर्भाकोट र चिङ्गाड गाउँपालिकामा एक-एक जनामा दादुरा सङ्क्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिए । छिमेकी जिल्ला बाँकेमा दादुराको सङ्क्रमण तीव्र भइहरेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपनाउन उनले सुझाव...
काठमाडौँ । केही दिनयता देशभरको तापक्रम क्रमशः बढ्दो मात्रामा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी नपरेका कारण तापक्रम कम नभएको हो । मौसमविद्का अनुसार जनावरी चिसो महिना हो । सामान्यतया जनवरीपछि तापक्रम क्रमशः बढ्ने हुन्छ । फेब्रुअरीको दोस्रो सातासम्म तापक्रमको मात्रा उकालो लागिसकेको हुन्छ ।यसपालि पानी नपरेका कारण अहिले नै तुलनात्मक रूपमा तातो भएको मौसमविद्ले जनाएको छ...
काठमाडौँ । खानेपानी मन्त्री अब्दुल खानले आज पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले केही नयाँ काम गर्नका लागि आफूले नचाहँदा नचाहँदै खानेपानी मन्त्रालय सम्हाल्न आइपुगेको बताए । सरकार र पार्टीबीचको तारतम्य नमिलेर मन्त्रालय सम्हाल्न ढिलो भएको बताउँदै उनले प्रधानमन्त्री प्रचण्ड, खानेपानी मन्त्रालयका सचिव र एक सांसदको आग्रहमा आफू मन्त्रालय सम्हाल्न बाध्य भएको प्रस्ट पारे ।मन्त्रालयको विषयमा...
सुर्खेत । कर्णाली प्रदेशमा एमालेभित्र मन्त्रालय भागबण्डमा लफडा भएको छ ।अर्थ मन्त्रालयको दाबी गरिरहेका विनोदकुमार शाहलाई सामाजिक विकास मन्त्रालयमा बस्न भनेपछि लफडा भएको हो । उनले सामाजिक विकास मन्त्रालय लिने कुरालाई स्वीकार गरेका छैनन् ।दल नेता यामलाल कँडेलले अर्थ मन्त्रालयमा टेकराज पछाईलाई जिम्मेवारी दिन जोडबल गरिरहेका छन् ।