Thursday, September 24, 2026
Home राजनीति कार्यविधि पालना नगरेकै आधारमा रवि गैरनागरिक नहुने : सरकारी वकिल

कार्यविधि पालना नगरेकै आधारमा रवि गैरनागरिक नहुने : सरकारी वकिल

61

काठमाडौँ । सरकारी वकिलले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि नागरिकता नियमावलीले तोकेको कार्यविधि पालना नगरेको स्वीकार गरेका छन् । तर कार्यविधि पालना नगरेकै आधारमा गैर नागरिक हुने अवस्था नभएको उनीहरूको तर्क छ ।

लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति र सांसद पद खारेज गर्नुपर्ने माग गर्दै परेको रिटमा बुधबार संवैधानिक इजलासमा बहस भएको थियो  ।

लामिछानेले अमेरिकी नागरिक परित्याग गरेको सूचना दिएर नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया नचालेको र पुरानै नेपाली नागरिकता प्रयोग गरी उम्मेदवारी दिएकाले सांसद पद खारेज हुनुपर्ने रिट निवेदकहरूको तर्क छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतको तर्फबाट बहस नोट पेस गर्दै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले भने लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिन निवेदन दिनुपर्ने सारवान व्यवस्था नभई नितान्त कार्यविधिगत व्यवस्था मात्र भएको जिकिर गरेका छन् ।