Home Blog Page 491
काठमाडौँ । राहदानी विभागले सेवाग्राहीको भीड घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी गरेको छ। राहदानी लिनका लागि विभागमा सेवाग्राहीको हुने भीड अझै हट्न नसकेका कारण भीड घटाउन कार्य योजना बनाउने तयारी गरिएको विभागले जनाएको छ।विभागमा सधैँ सेवाग्राहीको भीड बढ्दै जान थालेका कारण घटाउन कार्य योजना बनाएर कार्यान्वयन गर्ने तयारी भइरहेको विभागका निर्देशक तथा प्रवक्ता दुरुपदा सापकोटाले बताइन्। उनले...
काठमाडौँ । शहरी विकास मन्त्री विक्रम पाण्डेले पश्चिम चितवनमा सञ्चालनमा रहेका विभिन्न योजनाको निरीक्षण गरेका छन् ।  मन्त्री पाण्डेले आज भरतपुर महानगरपालिका वडा नं १५ र २१ का विभिन्न योजनाको स्थलगत निरीक्षण गरेका हुन् ।सो अवसरमा मन्त्री पाण्डेले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । “निर्माण व्यवसायीलाई काम गर्नका लागि कुनै अवरोध छैन”, मन्त्री पाण्डेले भने,...
काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो ।बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका वडा नं. ३ गट्ठाघरमा आयु सुपरस्पेशियालिटी किल्निक संचालनमा आएको छ । जर्मनहोम्ससँगै रहेको आयु भवनबाट आज माघ १२ गते श्रीपञ्चमीको दिनबाट विधिवत् रुपममा यो किल्निक शुभारम्भ गरिएको हो । 
काठमाडौं । आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ। आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएकाले आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउन बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको...
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक तेस्रो पटक स्थगित गरेको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक स्थगित भएको बताए। माघ १५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो।पौडेलका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रीय समिति बैठक स्थगित गरिएको छ। काँग्रेसले के कारणले केन्द्रीय समिति बैठक स्थगित गरेको हो खुलाएको छैन।गत मंसिरमा भएको चुनावपछि चुनावी समीक्षा...
काठमाडौँ । पछिल्लो समय बजारमा तरलता सहज हुँदै गएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता (लगानी योग्य पुँजी) थुप्रिएसँगै अल्पकालीन समयका लागि राष्ट्र बैङ्कले रिजर्भ पैसा लिने भएको छ । बिहीबार एक सूचना जारी गर्दै केन्द्रीय बैङ्कले ७ दिनका लागि रिभर्स रिपोमार्फत ५ अर्ब रुपैयाँ सापटी लिने जनाएको हो ।तरलता रिजर्भमा रहेका बैङ्कहरूले प्रस्तावित ब्याज दरसहित बिहीबार दिउँसो...
अमलेखगञ्ज । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्ररुपमा अघि बढेको छ । बुधबार नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल ट्याङ्क, ट्रान्समिक्स ट्याङ्कलगायत संरचना निर्माण थालिएको हो ।अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तक्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए । उक्त योजनाअन्तर्गत चार...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अहिलेसम्म ९ हजार होर्डिङ बोर्ड हटाएको छ । तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाइएको हो ।गएको असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैँ व्यवस्थापन...
काठमाडौँ । मङ्गलवार दिउँसो सङ्घीय संसद भवन अगाडि इलाम घर भएका प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे । उनले आफ्नो शरीरमा आगो लगाएपछि प्रहरीले उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल पुर्‍यायो। शरीरको ८० प्रतिशत भाग जलिसकेका कारण उनलाई तत्कालै सघन उपचार कक्ष (आइसियु) मा राखेर उपचार सुरु गरियो।यो घटनाले केही बेरमै सामाजिक सञ्जालमा तरङ्ग पैदा...