माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

26

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार पार्टी कार्यालय पेरिस डाँडामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी सङ्गठन विस्तार र सरकारका काम कारबाही लगायतका समसामयिक विषयमा छलफल हुने छ । आजको बैठकमा केही दलहरूसँग भइरहेको एकता प्रयास र अहिलेसम्मका उपलब्धिबारे पनि छलफल हुने छ।