Friday, October 16, 2026
Home राजनीति उपाध्यक्ष तामाङ पक्राउ

उपाध्यक्ष तामाङ पक्राउ

134

काठमाडौँ । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ परेका छन्। सिंहदरवारस्थित दक्षिण गेटमा प्रतिनिधिसभाका सांसद् ज्ञानेन्द्र शाहीकोविरुद्धमा नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएका हो।

प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई नाराबाजी गरिरहेको अवस्थामा सो दक्षिण गेटबाट पक्राउ गरी प्रहरी वृत्त सिंहदरवारमा राखिएको छ। शाहीलाई बुझाउन भनी साथमा लगेको भ्रष्टाचार सम्बन्धी उजुरीपनि दक्षिण गेटमै च्यातेर फालेका छन्। उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।