Sunday, October 18, 2026
Home राजनीति उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

उद्योग मन्त्री भण्डारी र चिनियाँ राजदूतबीच भेटवार्ता

145

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मङ्गलवार शिष्टाचार भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले राजदूत सोङलाई ताक्ला कोट, किङ्करलगायतका देशका पश्चिमी उत्तरी नाका खुलाउने विषयमा ध्यानाकर्षण गराए।

उनीहरूबीच चीन र नेपालको व्यापार सम्बन्धलाई अझै बलियो बनाउने विषयमा छलफल भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ।

मन्त्री भण्डारीले राजदूत सोङसँग नेपाली वस्तु चीन निर्यात र सञ्चालनमा रहेका नाकामा आयात सहज गर्नुपर्ने विषयमा छलफल गरेका थिए। उनले नेपालमा उद्योगधन्दा सञ्चालनका लागि चिनियाँ लगानी भित्र्याउने विषयमा पनि राजदूत सोङसँग आग्रह गरिन्। भेटका क्रममा राजदूत सोङले उत्तरी पश्चिमी नाका खोल्ने र निर्माणाधीन पाँच सुक्खा बन्दरगाहका विषयमा चीन सरकार सकारात्मक रहेको मन्त्री भण्डारीलाई जानकारी गराए।