काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ। आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सरकारबाट फिर्ता हुने निर्णय लिएको हो। सभापति लामिछानेलाई पुनः गृहमन्त्री नबनाएपछि पार्टी सरकारबाट बाहिरिएको हो ।
काठमाडौँ । बाराबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य शारदा शङ्कर कलवार जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । बारा २ (१) बाट जितेका कलवारलाई मधेस प्रदेशका अर्थमन्त्री सञ्जय कुमार यादव र जसपाका विराटनगर महानगरपालिका अध्यक्ष अमरेन्द्र यादवले पार्टी प्रवेश गराएका हुन् ।उनी बारा क्षेत्र नं २ (१) बाट ९ हजार २९५ मत प्राप्त गरी एमालेका बलवीर भुजेललाई पराजित गर्दै...
काठमाडौँ । नेकपा एमालेले आगामी माघ २९ र फागुन १ गते दुई दिन बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ ।मंसिरमा सम्पन्न निर्वाचनको समीक्षा र पार्टी सङ्गठन सुदृढबारे छलफल गर्न बैठक बोलाएको एमाले उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए ।पार्टी प्रचार विभाग उपप्रमुख विष्णु रिजालले चुनावी समीक्षा, राष्ट्रिय राजनीतिमा आएको फेरबदल र सङ्गठन सुदृढीकरण बैठकका मुख्य एजेण्डा रहने बताए ।
काठमाडौँ । धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी आन्दोलित भएका छन् । विषयगत शिक्षक अभावमा तीनवटा विषयको पढाइ ६ महिनादेखि नभएको भन्दै विद्यार्थीहरू आइतबार आन्दोलनमा उत्रेका हुन् ।उनीहरूले प्रदर्शन गर्दै वडा नं। १ कार्यालय घेराउको साथै तोडफोडसमेत गरेका छन् । वडा कार्यालय घेराउ गर्न पुगेका विद्यार्थीले कार्यालयमा वडाध्यक्ष अशोककुमार महतोलगायत जनप्रतिनिधि नदेखेपछि वडा कार्यालयमा...
काठमाडौँ । परराष्ट्र मन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएकी छन् । श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ गएका उनले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेका थिए । स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै भ्रमणका दौरान श्रीलङ्काको औपचारिक कार्यक्रममा सहभागितासँगै उच्चस्तरीय साइड लाइन भेटवार्ता...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङ्ग्य गरेका छन्।उनले आइतबार संसद्को विशेष समयमा बोल्दै भने, ‘नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नै पर्ने बाध्यता छ। त्यसैले काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ।’अध्यक्ष ओलीले काँग्रेसलाई ‘लोकतन्त्र भनेको काँग्रेस हो, काँग्रेस भनेको लोकतन्त्र हो’ भन्ने भ्रान्त...
काठमाडौँ । महोत्तरीको लोहारपट्टी नगरपालिका–३ महदैया गाउँमा आज जीपले ठक्कर दिँदा एक जना बालिकाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय चार वर्षीया अंशुकुमारी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए ।लोहारपट्टीबाट जनकपुरतर्फ जाँदै गरेको बा १२ च ५९२४ नम्बरको जीपले घर अगाडि सडक पार गर्ने क्रममा सहनीलाई ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु...
काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) की सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गरेकी छन्। आइतबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्यालले आफ्नो उम्मेदवारी दर्ता गरेकी हुन्।अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल रहेका छन् भने खिमलाल देवकोटा समर्थक रहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल सर्वसम्मत हुने देखिएको छ। नेपाली काँग्रेससहित अरू...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानूनी व्यवस्थाको बर्खिलाप गरी ठगी गरे तत्काल कारबाही गर्ने बताएका छन् । आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनैपनि म्यानपावर र व्यक्तिगत रूपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताएका हुन् ।उनले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीहरूलाई सुध्रनको लागि...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी लगायतका मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय टङ्क बहादुर मोक्तान र मनोजकुमार शर्माको इजलासमा परेको छ । आइतबार पेसी सूचीको १० नम्बरमा चौधरी लगायतका मुद्दा राखिएको छ ।हालसम्म ४ पटक पेसीमा चढेको चौधरीको मुद्दा दुई पटक हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा परेको थियो । एक साताअघि पेसीमा चढे पनि अदालतबाटै स्थगित भएको थियो ।...










