Friday, October 2, 2026
Home राजनीति काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ

काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ

73

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको व्यङ्ग्य गरेका छन्।

उनले आइतबार संसद्को विशेष समयमा बोल्दै भने, ‘नेपाली काँग्रेसले आफूलाई प्रतिपक्ष भनेर मान्न सकस भएको छ। मन मानिरहेको छैन तर प्रतिपक्षमा बस्नै पर्ने बाध्यता छ। त्यसैले काँग्रेस पानी बाहिरको माछा जस्तै छटपटाइरहेको छ।’

अध्यक्ष ओलीले काँग्रेसलाई ‘लोकतन्त्र भनेको काँग्रेस हो, काँग्रेस भनेको लोकतन्त्र हो’ भन्ने भ्रान्त मान्यता रहेको उल्लेख गरे। ‘काँग्रेस सत्तामा गएपछि सबै लोकतन्त्र हुन्छ भने भ्रान्त मान्यता छ’, उनले भने।