Saturday, May 16, 2026
Home Blog Page 468
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठक अहिले नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको हो ।आइतबारको प्रतिनिधि सभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाऊ आदेश...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले नेकपा एमालेसहितको वाम एकतामा जोड दिएका छन् । पार्टीको जारी पाँचौँ केन्द्रीय कमिटी बैठकमा तेस्रो वरीयताका नेता न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि लिखित रूपमै फरक मत दर्ज गरेका हुन् ।उनले अहिलेको सङ्कटपूर्ण घडीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लैजान र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अहिले मन्त्री नबन्न आग्रह गरेका छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफूले नै राख्ने र अर्को मन्त्रालय लिन उनलाई आग्रह गरेका थिए । उपनिर्वाचनबाट जितेर आए मात्र मन्त्री बन्न स्वाभाविक हुने उनको भनाइ थियो ।“सर्वोच्चको पूर्णपाठ आउन बाँकी छ ।...
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औँ वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औँ वार्षिकोत्सवसँगै सरकारबाट प्रायोजित नेपाल टेलिकम २० औँ वर्षमा प्रवेश गरेको हो ।कम्पनीले प्रत्येक वर्षको माघ २२ गते आफ्नो वार्षिकोत्सव मनाउने गरेको छ । २०६० साल माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीका रूपमा भएको थियो । तर, त्यसअघि २०३२ साल असार १...
काठमाडौँ । मधेस प्रदेशको विषयगत समिति बाँडफाँटमा दलहरूबीच सहमति भएको छ । प्रदेशसभामा प्रतिनिधित्व गरेका सबै दलले एक-एक विषयगत समिति पाउने गरी सहमति गरिएको बताइएको छ । प्रदेशसभामा दश राजनीतिक दलको प्रतिनिधित्व रहेकामा सातवटा दलले संसदीय दलको मान्यता पाएका छन् । ती सबै संसदीय दलले एक-एक विषयगत समिति पाउने सहमति भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतोले...
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बताएको छ ।१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैङ्कको पहिलो गभर्नर बनेका थिए । हिमालयन बैङ्कदेखि हिमालयन डिस्टिलरीसम्म उनले स्थापना गरेका थिए।
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक दिउँसो २ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।गत माघ ३ मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेपछि अनिश्चितकालका लागि स्थगित भएको बैठक आज बस्न लागेको सचिवालयका प्रमुख सचिव खड्काले बताए ।प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा...
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा सत्ता पक्षको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बिहान बसेको कांग्रेस संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।हिजो मात्र कांग्रेस सपभाति देउवाले विपक्षी दलका नेताहरूसँग पनि छलफल गरेका थिए।...
काठमाडौँ । कर्णाली प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पशु चौपायामा रेबिज देखिन थालेपछि सल्यानका २ पालिकामा औषधि हस्तान्तरण गरेका छन् ।मन्त्री शर्माले पशु चौपायामा रेबिज देखिन थालेपछि पालिकाहरूलाई औषधि र भ्याक्सिन हस्तान्तरण गरेका हुन् । केही दिनदेखि जिल्लाको बनगाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिकामा यो रोग महामारीको रूपमा फैलिरहेको छ ।मन्त्री शर्माले...
काठमाडौँ । बिपिडब्लु लघुवित्तले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ। लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज माघ २२ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो।जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३५ ले हुन आउने ९७ लाख रुपैयाँको १०५ अर्थात् ९ हजार ७ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले यसमा फागुन ८ गतेसम्म आवेदन...