Sunday, September 27, 2026
Home राजनीति राष्ट्रपति कार्यालयमा पुग्यो मन्त्रीहरूको राजीनामा पत्र

राष्ट्रपति कार्यालयमा पुग्यो मन्त्रीहरूको राजीनामा पत्र

57

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले मन्त्री पदबाट दिएको राजीनामा राष्ट्रपति कार्यालयमा पुगेको छ।

रास्वपाका नेताहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोरप्रसाद अर्याल साथै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्कीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा पत्र बुझाएका थिए।

पार्टीको निर्णय बमोजिम प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाए पछि उनीहरूको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगेको छ। राष्ट्रपति कार्यालयले रिक्त रहेको मन्त्रालयको जिम्मेवारी आजै तोक्ने छ।

राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्र आज बोलाइएको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने कार्यसूची तय भएको छ।