Wednesday, September 23, 2026
Home समाज स्रोतमै वर्गीकरण गरेर फोहोर सङ्कलन सुरु

स्रोतमै वर्गीकरण गरेर फोहोर सङ्कलन सुरु

44

काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन गर्ने कार्य थालनी गरेको छ ।

नगरपालिकाले ३० बुँदे कार्य योजना अन्तर्गत कुहिने, नकुहिने र सिसाजन्य तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।

नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे वा अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहर मैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए ।

प्रचलित कानुनबमोजिम रु. पाँच हजारदेखि एक लाखसम्म जरिवाना गर्ने गरी अभियानलाई अघि बढाइएको छ । यसैबीच बर्दघाट–४ को जङ्गल क्षेत्रमा ल्यान्डफिलसाइट समेत बनाउने गरी कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।