शेयर बजारमा बृद्धि

32

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ५७ अंकले उकालो लागेर दुई हजार एक सय दशमलव ६५ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ अंकले उकालो लागेर चार सय दुई दशमलव शून्य एकमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ । कूल ३९ लाख २२ हजार दुई सय १६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४१ लाख ६१ हजार छ सय ४५ मूल्यमा कारोबार भयो ।

कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको छ करोड ४५ लाख ७३ हजार बराबरको कारोबार भयो । यस्तै युनिभर्सल पावर कम्पनी र पाँच करोड ३५ लाख ७९ हजार नेपाल लाइफ इन्स्योरेन्स चार करोड ८९ लाख ६० हजार नौ सय ३२, हिमालयन डिस्टिलरी चार करोड ७७ लाख सात हजार पाँच सय एक र आशा लघुवित्त रु चार करोड तीन लाख ७३ हजार नौ सय बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आदर्श लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त पाँच दशमलव ५१, युनिभर्सल पावर चार दशमलव ९९, सिभिल लघुवित्त चार दशमलव शून्य पाँच र सर्पोट माइक्रोफाइनान्सका लगानीकर्ताले तीन दशमलव ८४ प्रतिशतले कमाएका छन् ।