काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप जिपका चालक गणेश कार्की, मोटरसाइकल चालक अङ्कित भट्टराई र सुमन रावत छन् ।नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा ट्राफिक प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बुढानीलकण्ठले गरेको आकस्मिक चेकजाँचमा ३ जनाले लागूऔषध सेवन गरेको पाइएको प्रहरीले जनाएको...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रहरीले पक्राउ गर्दैमा सांसदलाई निलम्बन गर्न नहुने बताएका छन् ।शुक्रबार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा उनले अदालतले दोषी प्रमाणित नगरेसम्म सांसद पद निलम्बन गर्न नहुने जिकिर गरे । प्रमुख सचेतक शाहीले राष्ट्रपति निर्वाचनका वेला कुनै सांसद पक्राउ परे भने उसको मतदान गर्ने अधिकार हनन हुने गरी नियमावलीमा कुनै पनि व्यवस्था...
काठमाडौँ । कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपूतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरूले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् । तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४)...
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीका अनुसार ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको छ ।सोबारे जाँचबुझ गर्ने सिलसिलामा पदबाट निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धकलाई लेखी पठाइएको उनले बताए । यस विषयमा थप...
भक्तपुर । मोटरसाइकल चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरले चोरीको मोटरसाइकलसहित काभ्रे पनौती घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने बर्ष ३० को सन्देश घिसिङलाई पक्राउ गरेको हो । घिसिङलाई चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोट मोडस्थितमा चेकिङको क्रममा बिना कागजातको मे १० प ५९६ मोटरसाइकल सहित पक्राउ गरेको हो । वृत्त ठिमीले...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको शपथ लिँदै छन् । योसँगै मन्त्रिमण्डल विस्तारको तयारी समेत गरिएको छ । जसको लागि सत्ता साझेदार दल तथा प्रदेशसभा सदस्यबीच संवाद चलिरहेको छ । काँग्रेस संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री रावललाई हालसम्म एकीकृत समाजवादी र एक जना स्वतन्त्र प्रदेशसभा सदस्य डा.तारा जोशीको समर्थन छ...
काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । हिजो बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष ओली, सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् । सरकारबाट बाहिरिएको रास्वपाले पनि सरकारलाई समर्थन जारी राखेको छ...
यौन चाहना सबैमा हुन्छ तर कमजोर शरीरका कारण यौनमा रूचि नहुनु स्वाभाविक हो । महिलामा यौन चाहना नहुँदा जबर्जस्ती प्यास मेटाउन खोज्दा यसको असर उनको स्वास्थ्यमा पर्ने हुन सक्छ । हामीले आफूलाई परिपक्व ठान्ने तर परिवारलाई कस्तो छ भन्नेतर्फ हाम्रो ध्यान नपुगेको देखिन्छ । यौन सन्तुष्टि दुवैले समान तरिकाबाट मेटाउन सकुन भन्ने सोच हरेकमा जाग्न आवश्यक छ ।आज हरेक...
काठमाडौँ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत सामग्रीमात्रै पठाइने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले तत्काललाई औषधि र राहत सामग्री मात्रै पठाउने निर्णय गरेको हो ।प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलका अनुसार टर्की सरकारकै अनुरोधमा तत्काललाई मेडिकल सामग्री र राहत सामग्री पठाउन लागिएको हो । राहत सामग्री पुर्याएर फिर्ता हुनेगरी परराष्ट्र मन्त्रालय...










