Home समाचार राहत सामग्री लिएर परराष्ट्रको टोली टर्की जाँदै

राहत सामग्री लिएर परराष्ट्रको टोली टर्की जाँदै

0
राहत सामग्री लिएर परराष्ट्रको टोली टर्की जाँदै

काठमाडौँ । टर्कीको भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत सामग्रीमात्रै पठाइने भएको छ । आज बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले तत्काललाई औषधि र राहत सामग्री मात्रै पठाउने निर्णय गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलका अनुसार टर्की सरकारकै अनुरोधमा तत्काललाई मेडिकल सामग्री र राहत सामग्री पठाउन लागिएको हो । राहत सामग्री पुर्‍याएर फिर्ता हुनेगरी परराष्ट्र मन्त्रालय नेतृत्वको टोली त्यसतर्फ जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here