Wednesday, May 13, 2026
Home Blog Page 454
काठमाडौं : सिन्धुलीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । मरिण गाउँपालिका–७ महेश्वता क्याम्पस चोकमा रोकिराखेको ना ३ त १६० नम्बरको ट्याक्टरसँग धमिलेबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ।दुर्घटनामा परी मरिण गाउँपालिका ४ का ३३ वर्षीय जितेन्द्र माझी र सोही ठाउँका...
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आन्दोलनका विभिन्न पक्ष धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न अपिल गरेका छन्।२८औँ जनयुद्ध दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेको बताएका हुन्।“यो हामी सबैका निम्ति खुसी र गर्वको कुरा पनि हो, केही...
काठमाडौं । हेटौंडा र काठमाडौं जोड्ने छोटो दुरीका दुईवटै सडक आजदेखि २ महिनाका लागि बन्द गरिएको छ । हेटौंडाबाट भिमफेदी–कुलेखानी–फाखेल–हुमाने–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक र हेटौंडाबाट भिमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–फर्पिङ हुँदै काठमाडौं जोड्ने सडक निर्माण थालिएकाले आजदेखि दुई महिनासम्मका लागि बन्द गरिएको हो ।द्रुत गतिमा निर्माण सम्पन्न गर्न सडक बन्द गरिएको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नविन सिंहले जानकारी दिए...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरेको बताएका छन् ।शुक्रबार काठमाडौँमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस मागेपछि ठाकुरलाई कारबाही गरेको बताए ।उनले आफूले कसैको पनि एकपैसा नखाने र अब...
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् ।  शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि भण्डारी संसद् पुगेकी हुन् ।प्रतिनिधिसभा नयाँ कार्यकालका अवसरमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने व्यवस्था छ ।  उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले स्वागत गरेका छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।
काठमाडौँ । भारतका विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउने भएका छन् । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणामा उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पौडेल र क्वात्राबीच कनेक्टीभिटी, विद्युत् व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा कुराकानी हुने छ ।क्वात्राले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला राई पौड्याल लगायतका उच्च...
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशसभा सदस्य नरेश शाहीलाई सुदूरपश्चिम प्रदेश सरकारमा पठाउने भएको छ । बाजुराबाट निर्वाचित शाहीलाई सरकारमा पठाउने सहमति भएको नेकपा समाजवादीका एक नेताले जानकारी दिए ।उनलाई मुख्यमन्त्री कमलबहादुर शाहले शुक्रबार पद तथा योनियताको शपथ लिएपछि मन्त्रीमा नियुक्त गर्नेछन् । समाजवादीले आर्थिक मामिला मन्त्रालयमा दाबी गरेको छ । तर मुख्यमन्त्री शाह आजै विभाग तोक्ने वा बिना...
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजना हुने विशेष समारोहबीच मुख्यमन्त्री शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शाहको सचियवालयका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।शाहलाई बिहीबार प्रदेश प्रमुखले संविधानको धारा, १६८ को उपधारा (३) अनुसार ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा...