Home Blog Page 424
काठमाडौँ । नेपाल भ्रमणमा रहेका बङ्गलादेश सरकारका प्रतिनिधिहरू, बङ्गलादेश मानवअधिकार आयोगका पदाधिकारी तथा मानवअधिकारकर्मी सम्मिलित एक उच्चस्तरीय टोलीले मधेसी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त सहित आयोगका पदाधिकारीहरूसँग भेट गरेका छन् ।बिहीबार मधेसी आयोगको कार्यालयमा भएको सो भेटमा बङ्गलादेशी टोलीले मधेसको सिराहा र सप्तरी जिल्लामा बङ्गलादेश सरकारको सहयोगमा विभिन्न समाज कल्याण सम्बन्धित आयोजनाहरू सञ्चालनमा रहेको जानकारी गराउँदै सो आयोजनामा आयोगको तर्फ...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । बैठक अहिले ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।आजको बैठकमा केही निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए। नियमित बैठक सोमबार र बिहीवार (हिजो) बस्दै आएको छ
काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी सङ्गठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् ।पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ छ । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचरण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि...
काठमाडौँ । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने भएका छन्। नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।नेपालमा कोभिड-१९ भन्दा अगाडि वार्षिक ५१ हजार हाहारारी पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रूपमा आउने गरेका छन् । यस्ता पर्यटकले नेपाल पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली...
काठमाडौँ । नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीविरुद्धको खेल जित्न १ सय ७८ रनको लक्ष्य पाएको छ । टस जितेपछि ब्याटिङमा आएको पपुवा न्यु गिनी शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ४९.२ ओभरमा १ सय ७९ रनमा अलआउट भयो ।ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १...
बीबीसी । नेकपा माओवादी केन्द्र लगायतले नेपाली कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति गरे पनि वर्तमान सरकारको आयु कति हुन्छ भन्ने प्रश्नमा चासो बढेको छ। प्रधानमन्त्री प्रचण्डले एमालेसँगको सहकार्य तोडेपछि बनेको कांग्रेस सहितको आठ दलीय मोर्चामा सरकारबारे कुनै निर्णय नहुँदा त्यस विषयमा विभिन्न आशङ्काहरू पनि देखा पर्न थालेका हुन्।नेकपा माओवादी केन्द्रका नेता गणेश शाहलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच...
तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास...
एथेन्स । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो...
काठमाडौं । आजबाट सिनेमा हलमा दुई नेपाली ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन्।दीपकराज गिरीसहित दीपाश्री निरौला र केदार घिमिरे समूहको चलचित्र ‘छक्का पञ्जा ४’ लाई हेमराज बिसीले निर्देशन गरेका हुन्।राजनीतिलाई पृष्ठभूमि बनाएर यो चलचित्र तयार पारिएको छ। यसको पटकथा तथा संवाद अभिनेता गिरीले तयार पारेका छन्। हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकसँगै दीपाश्री निरौला, केदार...
काठमाडौँ । जलवायु परिवर्तनले हिमाली जनजीवनमा पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउन अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुको स्याङ्बोचेमा विशेष अन्तरक्रिया गरिने भएको छ । संस्थाले यही फागुन २४ गते आयोजना गर्न लागेको कार्यक्रममा नेपालस्थित संयुक्त अरब इमिरेट्स (युएई) राजदूतावासको विशेष सहयोग तथा नेपालको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युएनडिपी, इसिमोड, एनटिएनसी,...