Home Blog Page 423
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले विश्वासको मत दिने निर्णय गरेको हो। यसअघि नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउँदै आएकी थिइन्।आज बसेको नागरिक उन्मुक्तिको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका छन् ।...
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेभन्दा बाहिर रहेका सबै वामपन्थीलाई एकजुट हुन आह्वान गरेका छन् । यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४ औँ यदु स्मृति दिवस तथा २१ औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा उनले वामपन्थी आन्दोलनले देशको स्वाधीनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताका लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने...
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले काठमाडौँ उपत्यकालगायतका देशका ठूला सहरका सडकमा अलपत्र तारको व्यवस्थापन गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएकी छिन् ।  आज यहाँ प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा उनले स्थानीयको गुनासो चेतावनीमा परिणत हुनुअघि तार व्यवस्थापनमा जुट्नुपर्ने बताएकी हुन् ।उनले भनिन्, ‘ललितपुर महानगरपालिकामा  स्थानीयले पुरातात्विक  क्षेत्रमा तार व्यवस्थापन नगरे आफूहरूले काट्ने भनी चेतावनी दिनुभएको रहेछ  । चेतावनीपछि सेवा प्रदायक संस्थाले सात दिनभित्र व्यवस्थापन गर्ने...
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गर्नु भएको छ । राजतन्त्र पुनस्थापना गर्ने भन्दै शनिबार काठमाडौंको नयाँ बानेश्वरबाट आन्दोलनको शुभारम्भ गर्नु भएका उहाँले पूर्वराजा ज्ञानेन्द्र शाह उपस्थित नभएपछि राजतन्त्र जिन्दावादको नारा नलगाउन आग्रह गरेका हुन ।यस अघि उनका समर्थकहरुले राजा आऊ, देश बचाऊलगातका नाराबाजी लगाउँदै प्रर्दशन गरिरहेका थिए । तर प्रसाईले आफ्नो सम्बोधनको क्रममा राजतन्त्र जिन्दावादको नारा...
झापा । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले पहिचानको आन्दोलन जारी रहने बताएका छन् । झापाको कन्काई नगरपालिका वडा नं. ९ मा राजवंशी समाज विकास समितिद्वारा आयोजित राजवंशी धर्म संस्कार प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री मोदीले यस्तो बताएका हुन् ।मन्त्री मोदीले आफू सम्बद्ध पार्टी माओवादी केन्द्रले नै पहिचानको मुद्दा उठाएको स्मरण गर्दै प्राप्त हुन...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार उपाध्यायको शंखमुलस्थित कफीसपबाट खसेर निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए ।नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डिएसपी निशान्त श्री वास्तवका अनुसार कफी सपको छतबाट खसेपछि उपाध्याय सख्त घाइते भई उपचारका लागि अस्पताल लगिएको थियो । उपाध्याय लडेपछि घाइते...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया रहेको...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका केन्द्रिय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नपा वडा नं। १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका छन् । विहिबार अध्यक्ष बिजुक्छेँले भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजुपोखरीको स्थलगत निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा उहाँले भने, ‘लामो समयदेखि संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको भक्तपुरको भाजुपोखरीलाई पुनः जीवन दिन भक्तपुर नपाले गरेको कार्य सराहनीय छ...
काठमाडौँ । आठ दलीय गठबन्धनका नेताहरूले राष्ट्रपतिमा काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन कोसी प्रदेशका सांसदहरूलाई निर्देशन दिएका छन्  । विराटनगरमा प्रदेश सांसदहरूको संयुक्त भेला आयोजना गर्दै गठबन्धनमा सामेल काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका केन्द्रीय नेताहरूले इमानदारीपूर्वक मत दिएर पौडेललाई जिताउन निर्देशन गरेका हुन् ।माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रहित र लोकतन्त्रको रक्षाका लागि जसरी पनि पौडेललाई जिताउनुपर्नेमा...
काठमाडौँ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताहरूले राष्ट्रिय परिचय पत्रका आधारमा पनि भोट हाल्ने पाउने भएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र, संसद् सचिवालयको परिचय पत्र, सांसद निर्वाचित प्रमाणपत्र, राष्ट्रिय परिचयपत्रमध्ये एक कागजात भएका मतदाताले मतदान गर्न पाउने बताए ।“निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र...