रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुग्यो

52

एथेन्स । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । उनीहरुले सो दुर्घटनाका घाइतेहरुमध्ये बिहीबारसम्म थप केहीको मृत्यु भएको बताएका थिए । उक्त घटनामा यसअघि नै ३६ जनाको मृत्यु भएको बताइएको थियो । ती घाइते भएकाहरुमध्ये ६६ जना अस्पतालमा भर्ना भएका थिए । अस्पताल भर्ना भएका गम्भीर अवस्थामा रहेका थपको निधन भएपछि यसबाट ज्यान जानेको सङ्ख्या ५७ पुगेको अधिकारीहरले बिहीबार जानकारी दिएका हुन् ।

बिहीबार पनि सो दुर्घटनाका बारेमा जानकारी दिइएको थियो । त्यस क्रममा ग्रीकको अग्नि नियन्त्रक सेवाका अधिकारीले पत्रकार सम्मेलनमा यहाँको अग्नि नियन्त्रक सेवाका युनिटहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी र उद्धार कार्य गरेको जानकारी दिए ।