भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. ३ मा रहेको इडेन गार्डेन स्कुलले आफ्नो स्थापना दिवस मनाएको छ । विद्यालयले उक्त कार्यक्रममा अनुशासित विद्यार्थीमा आयुषा कार्की, आयूष भण्डारीलाई सफा विद्यार्थीमा छात्र तर्फबाट सूची थिङ्ग र छात्र तर्फ बाट आयन थापा मगर, वर्षको सर्वोकृष्ट विद्यार्थीमा शुविच्छा थापालाई पुरस्कृत गरेको थियो ।
त्यस्तै शिक्षकहरूको सम्मान र हौसलाका लागि दीर्घ सेवा तथा सर्वोकृष्ट शिक्षकमा...
भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट हेल्थ पोष्ट घोषणा भएको हो ।
स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए । उनले भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा...
काठमाडौँ । केही वर्षअघिसम्म फागुपूर्णिमा (होली) पर्वको एक साताअघिदेखि नै राजधानीमा युवतीको आवागमन बन्द हुन्थ्यो । काम विशेषले निस्कनै पर्ने युवतीले घर फर्कंदा निथ्रुक्क हुनुपर्ने बाध्यता थियो । फागुन शुक्ल अष्टमीको बिहान हनुमानढोका दरबार क्षेत्रमा चीर गाडेपछि युवतीलाई पानी भरेको लोलाले हिर्काउने परम्परा नै बनेको थियो । यो विकृति क्रमशः अन्त्य हुन थालेको छ । केही वर्षअघिसम्म फागुपूर्णिमाका दिन...
काठमाडौं । ओखलढुङ्गामा एक वृद्ध दम्पतीको शव फेला परेको छ । जिल्लाको मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उहाँकी श्रीमती ६९ वर्षकी बेदुका घर नजिकैका रुखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । सो घट्नाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ ।
भक्तपुर । आज उपत्यकालगायत पहाडी क्षेत्रमा होली पर्व मनाइदैं छ । होलीको क्रममा सुरक्षा व्यवस्था बलियो बनाउन प्रहरी सक्रिय भएर चोक चोकमा खटिएको देखिन्छ । सो क्रममा भक्तपुर जिल्लामा मादक पर्दाथ सेवन गरी सवारीसाधन चलाउने, मोटरसाइलमा तीन जना बस्ने, तीव्र गतिमा चलाउनेलगायतका गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको प्रहरी जानकारी दिएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी)...
काठमाडौँ । बालुवाटारमा सत्ता साझेदार आठ दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे छलफल हुने नेताहरूले बताएका छन् । त्यसैगरी राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका दलको बैठकमा सरकारमा सहभागी हुने दलका बारेमा पनि छलफल हुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ। जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ। वैशाख २६ गते मङ्गलवारदेखि परीक्षा सुरु हुनेछ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको दाबी गरेका छन् । आइतबार सुखानी सहिद स्मृति दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दासढुंगा घटनाको छानबिनको माग गर्दा २१ जनाको हत्या भएको बताएका हुन् ।३ जेठ २०५० मा पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाँदै गर्दा पार्टीका महासचिप...
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्। पाइलट भावनासँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन्। आइतबार काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताएकी छन्।पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘नेपाल...
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेतासमेत रहेको शाहलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् । सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा बहुमत संख्या पुगेको घोषणा गरे ।सभामुखबाहेक ५२ सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्री शाहले...









