Friday, September 18, 2026
Home समाचार नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

नेपाल एयरलाइन्सका दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान

86

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को इतिहासमा पहिलो पटक दुई जना महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन्। पाइलट भावनासँगै कोपाइलट श्रृजना राउतको टोलीले उडान भरेका हुन्। आइतबार काठमाडौंदेखि दुबईको उडानमा पहिलो पटक दुई महिला पाइलटले सँगै उडान भरेको पाइलट भावना पन्तले बताएकी छन्।

पाइलट पन्तले नेपाल उड्डयनमा ऐतिहासिक क्षण बनेको बताएकी छन्। उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘नेपाल उड्डयनमा ऐतिहासिक क्षण। नेपाल वायुसेवा निगममा पहिलो पटक राष्ट्रिय ध्वजावाहक दुवै महिला पाइलटले काठमाडौंबाट दुबईको अन्तर्राष्ट्रिय उडानमा सँगै उडान भरेको इतिहास रचिएको छ।’ पाइलट भावना विगत २५ वर्षदेखि नेपालको हवाई क्षेत्रमा आवद्ध छिन्। आइतबार बिहान १२स्०४ को समयमा एयरबस ३२० बाट काठमाडौं-युएई उडान गरेका हुन्। उक्त जहाजमा १५३ यात्रु सवार थिए।

यो टोली आगामी बुधबारको उडानमा यात्रु लिएर काठमाडौं फर्कने निगमले जनाएको छ। निगमका अनुसार बुधबार अन्तर्राष्ट्रिय महिला दिवसका दिन यो उडानमा सम्पुर्ण चालक दलका सदस्यहरू महिला हुनेछन्।