इडेन गार्डेन स्कुलले आफ्नो स्थापना दिवस मनायो

64

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा न. ३ मा रहेको इडेन गार्डेन स्कुलले आफ्नो स्थापना दिवस मनाएको छ । विद्यालयले उक्त कार्यक्रममा अनुशासित विद्यार्थीमा आयुषा कार्की, आयूष भण्डारीलाई सफा विद्यार्थीमा छात्र तर्फबाट सूची थिङ्ग र छात्र तर्फ बाट आयन थापा मगर, वर्षको सर्वोकृष्ट विद्यार्थीमा शुविच्छा थापालाई पुरस्कृत गरेको थियो ।
त्यस्तै शिक्षकहरूको सम्मान र हौसलाका लागि दीर्घ सेवा तथा सर्वोकृष्ट शिक्षकमा आधारभूत तहको शिक्षक विजन श्रेष्ठलाई र दीर्घ सेवा सम्मान बाट पूर्व प्राथमिक तहकी शिक्षिका सुमित्रा श्रेष्ठलाई सम्मान गरेको थियो । कार्यक्रममा सबै कक्षाका विद्यार्थीहरुले उत्कृष्ट नृत्य, गीत, नाटक प्रस्तुत गरेर उपस्थित अतिथि साथै अभिभावकहरुलाई पूर्ण मनोरञ्जन गराएका दिलाएका थिए ।


कार्यक्रम विद्यालय सञ्चालन समितिका अध्यक्ष यादप राईको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रमुख अतिथि नेशनल प्याब्सनको केन्द्रीय अध्यक्ष पाण्डप हमाल, विशेष अतिथि वरिष्ठ साहित्यकार चन्द्र प्रसाद न्यौपाने, नेशनल प्याब्सन केन्द्रीय कोषाध्यक्ष प्रताव थापा, सहकोषाध्यक्ष विक्रम ढुकुछु, नेशनल प्याब्सनका जिल्ला अध्यक्ष सञ्जय खड्कालगायतको उपस्थिती रहेको थियो ।