Thursday, May 7, 2026
Home Blog Page 419
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवं पूर्व मन्त्री मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको सर्वोच्च अदालतमा दायर गरेको रिट इमोसन्ल ब्ल्याकमेल मात्रै भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै चौधरीले राष्ट्रपतिको चुनाव अघि गरिएको प्रोक्सि वार भएको बताएका छन् ।तत्कालीन सरकार र संयुक्त राष्ट्र सङ्घको रोहबरमा टुङ्गोमा लगाएको विषयमा अनावश्यक रूपमा नछाल्न चौधरीले आग्रह गरे...
काठमाडौँ । आठ दलीय गठबन्धनले आफ्ना सांसदहरूलाई राष्ट्रपति निर्वाचनलाई केन्द्रित गरेर आन्तरिक प्रशिक्षण दिने निर्णय गरेको छ। मङ्गलवार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको गठबन्धन कार्यदलको बैठकले मौन अवधि सुरु भइसकेकाले आन्तरिक रूपमा प्रशिक्षित गर्ने निर्णय गरेको हो ।कार्यदलले राष्ट्रपति निर्वाचनका मतदाता सङ्घ तथा प्रदेशका सांसदहरुलाई भोलि (बुधबार) बिहान ११ बजेसम्म काठमाडौँ आइसक्न निर्देशन दिइएको छ। विभिन्न समस्या पर्न...
काठमाडौँ । सत्ता गठबन्धनलाई थप विस्तार गर्ने विषयमा सत्ताघटकका दलहरूमा छलफल प्रारम्भ भएको छ । सत्ताघटक दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्न सक्ने बताए ।‘गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ । गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ,’ भुसालले भने, ‘डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा...
पछिल्लो समय देशैभर उज्यालो अभियान भन्दै सडक बत्ती जडान र बाल्ने गरिएको छ । यसरी बत्ती बाल्दा नेपाल विद्युत् प्राधिकरण अन्तर्गतका वितरण केन्द्रको सहमति लिएर मात्र प्राधिकरणको विद्युत् लाइनबाट सडक बत्ती राख्न प्राधिकरणले सचेत गराएको छ ।स्थानीय तह र प्राधिकरणबीच काठमाडौं महानगरपालिकासहित देशका अधिकांश स्थानीय तहसँग यस्तो बक्यौता रहेको छ । प्राधिकरणले सडक बत्तीको बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तानिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केबल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ । यसको पालना नभए प्राधिकरण आफैँले तार हटाइदिने चेतावनी समेत दिएको छ । प्राधिकरणले यसअघि १५ कात्तिक र १८ पुस २०७९ मा यस्तै अनुरोध गरेको थियो ।सो निर्देशनको पालना नभएको...
काठमाडौँ । भारतको गुजरातमा चार अर्ब २५ करोड भारतीय रुपैयाँको लागुऔषध बरामद भएको छ । भारतीय तट रक्षकको सुरक्षा बलले गरेको संयुक्त खोजतलासका क्रममा चार अर्ब २५ करोड भारु बराबरको ६१ किलो खैरो हिरोइन बरामद गरेको बिबिसी हिन्दीले जनाएको छ ।इरानबाट आएको डुङ्गामा लागुऔषध भेटिएको र पाँच जना पक्राउ परेका खबरमा उल्लेख छ । इरानबाट लागुऔषध आइरहेको गोप्य सूचनाको...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी नेताहरूसँग पार्टी एकताको प्रस्ताव राखेका छन् । मङ्गलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका आठ दलका नेताहरूको बैठकमा प्रचण्डले संक्रमणकालीन न्यायको मुद्दामा एक हुनुपर्ने र पार्टी एकताको प्रस्ताव राखेका हुन् ।प्रचण्डले सर्वोच्च अदातलको पछिल्लो आदेश आफूप्रति मात्र नभई संक्रमणकालीन न्यायसँग जोडिएकाले एकजुट हुनुपर्ने बताएको नेकपा...
अत्तरिया। कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाले अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउने अभियान तीव्र पारेको छ । विसं २०२१ को नापीलाई आधार मानेर उपमहानगरपालिकाले अतिक्रमण क्षेत्र खाली गराइरहेको हो । पहिलो चरणमा धनगढीको डुबान क्षेत्रलाई प्राथमिकतामा राखेर अतिक्रमण क्षेत्रमा डोजर लगाइरहेको उपमहानगरपालिकाले जनाएको छ । धनगढीको बढी डुबान हुने क्षेत्र वडा नं १ २, ३, ५, ७ का बजार क्षेत्रमा अभियानका रुपमा खाली गराइरहेको उपमहानगरपालिका...
काठमाडौँ । सिंहदरवारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्।राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद् विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल हुने बताइएको छ ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरूलाई स्वदेशी उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै संस्थान र विभागलाई स्वदेशी उत्पादन प्रयोग गर्न भनेको हो ।उद्योग मन्त्रालयले एक परिपत्र जारी गर्दै भनेको छ, ‘फागुन १२ गते सचिवको संयोजकमा बसेको ६४ औँ केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकको निर्णयले सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग...