Thursday, May 7, 2026
Home Blog Page 418
चितवन । बैङ्क तथा वित्तीय संस्थाका प्रमुखहरूलाई कालो मोसो दल्ने भनेर धम्की दिने दुर्गा प्रसाईँको ‘कालो मोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापा पक्राउ परेका छन् ।उनलाई मङ्गलवार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा गत फागुन १३ गते चितवनमा...
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज बुधबार तीन खेल हुँदैछन्। दशरथ रङ्गशालामा २ र १ खेल च्यासल मैदानमा हुनेछ। दशरथ रङ्गशालामा हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पा क्लब खेल्नेछन् । पुलिस र हिमालयनबीचको खेल दिउँसो २ बजेर ३० मिनेटमा सुरु हुनेछ।पुलिस पहिलो जितको खोजीमा छ । पहिलो खेलमा चर्च ब्वाइजले पुलिसलाई हराएको थियो। त्यस्तै,...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रमचन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार (आज) बिहान प्रचण्ड र विप्लवबीच भेटवार्ता भएको हो।भेटमा पछिल्लो विकसित देशको राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको विप्लवको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार विप्लवले विगतमा सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार सरकारले राजनीतिक आस्थाका बन्दीहरूको रिहाइ र मुद्दा खारेजी गर्नुपर्ने...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।सुनको मूल्य तोलामा १ हजारले घटेर १ लाख १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रुपैयाँ कायम छ ।यस्तै, आज चाँदी ४० रुपैयाँ...
काठमाडौँ । वनभोज खान गएका एक युवकको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सिराहाको गोलजबरा नगरपालिका-३ जमदह चुरे क्षेत्रको जङ्गलमा होलीको अवसरमा साथीहरूसँग वनभोज खान गएका २२ वर्षीय देवप्रसाद सदाको मृत्यु भएको हो ।खानेकुरा पकाएर खाने क्रममा मङ्गलवार अपराह्न करिब ४ बजेतिर उत्तरतिरबाट आएको दुई वटा हात्तीको समूहले आक्रमण गरेपछि सदाको घटनास्थलमै मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ...
काठमाडौँ । एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपालले आज प्यालेस्टाइनसँग खेल्दैछ ।नेपाल र घरेलु टोली प्यालेस्टाइनबीचको खेल फैजल हल हुसेइनी इन्टरनेशनल स्टेडियममा स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ ।केही समयअघि साफ यू-२० च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एसियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ । राष्ट्रिय टिमकै सदस्य प्रिती राईको कप्तानीम नेपाल मैदान उत्रनेछ...
काठमाडौँ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सार्वजनिक न्याय विरुद्धको कसुरमा उनी विरुद्ध गत माघ १८ मा पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भए पनि उनी अहिलेसम्म पक्राउ परेका छैनन् ।पूर्व मन्त्रीसमेत रहेका सर्वदेव प्रसाद ओझाले सार्वजनिक न्याय विरुद्धको कसुरमा दिएको मुद्दामा अदालतले पक्राउ आदेश दिएको हो ।...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा...
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए। उनका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक...
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४१ अङ्कले उकालो लागेर एक हजार नौ सय ५२ दशमलव ६६ मा पुगेको छ ।आजको कारोबारपछि ठुला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक एक दशमलव ५३ अङ्कले बढेर तीन सय ७० दशमलव २४ मा पुगेको...