Thursday, May 7, 2026
Home Blog Page 420
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइन आयोजना निर्माणमा पर्वतको फलेवासमा भइरहेको अवरोध हटाउन पहल थालेको छ । देवीस्थानस्थित विद्यालय र रङ्गशालामा क्षति पुग्ने भन्दै स्थानीय बासिन्दाले विगत तीन वर्षदेखि प्रसारणलाइनको रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका छन् । स्थानीयको अवरोधका कारण फलेवासमा प्रसारणलाइनका ४ वटा टावर निर्माण हुन सकेको छैन ।प्राधिकरणका...
काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडामा व्यवसायीले बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज लिएको भन्दै त्यसको विरोधमा आइतबार प्रदर्शन गरेका छन् । मकवानपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा सुरु गरिएको विरोध प्रदर्शनमा सातदिने विरोधका कार्यक्रमसमेत तय गरेका छन् ।उनीहरूले विरोधस्वरूप पहिलो दिन आइतबार विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा पुगेर ज्ञापनपत्रसमेत बुझाएका छन् । विरोध प्रदर्शन तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा जिल्लामा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए ।यस अघि उनीहरूको रिट अदालत प्रशासनबाट दर्पीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्पीठको आदेश शुक्रबार बदर गरेको थियो । दर्पीठ आदेश...
काठमाडौँ । राष्ट्रपति निर्वाचन आचारसंहिता सोमबार रातिदेखि लागू भएपछि पाँच दलले उम्मेदवारबारे कित्ता क्लियर गर्न नपाउने भएका छन् । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङ कसलाई भोट हाल्ने भनेर उनीहरूले औपचारिक निर्णय गर्न नपाउने भएका हुन् ।राष्ट्रपतिका उम्मेदवार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई १० दलको समर्थन छ । काँग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा,...
काठमाडौं । पहाडी क्षेत्रमा सोमबार मनाइएको होली आज (मंगलबार) तराई–मधेसमा मनाइँदै छ।होली खेलिसकेपछि पनि रंगको असर भने केही दिनसम्म रहन्छ। खास गरेर विभिन्न प्रकारका रंगहरुले छालालाई असर गर्छ। होली खेल्दा प्रयोग गरेको विभिन्न किसिमका रंग र इनामेलका कारण तपाईको अनुहारको वास्तविक चमक उडेको हुनसक्छ।अनुहारको छाला निकै संवेदनशील हुन्छ। यस्तै होलीमा प्रयोग गरिएको गुणस्तरहीन रंगमा विभिन्न किसिमको केमिकलहरु मिलाइएको हुन्छ।...
भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ। चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट घोषणा भएको हो।स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्यांकन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए। उनले भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरुको न्युनतम सेवा...
काठमाडौँ । काठमाडौँको कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गए राति काठमाडौँ महानगरपालिका–३२ कोटेश्‍वरमा प्रदेश ३-०२-००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।उक्त दुर्घटना हुँदा भक्तपुर चाँगुनारायण नगरपालिका-५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौँ मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको...
काठमाडौँ । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ । भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो ।केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए । मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो । घरपालुवा कुकुर उपचारको...
काठमाडौँ । माओवादी धारका विभिन्न पार्टी तथा समूहको बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गर्ने भएका छन् । पछिल्ला दिनमा शान्ति सम्झौता विपरीतका गतिविधि सतहमा देखिन थालेको ठहर गर्दै जनयुद्धकालीन माओवादीका शीर्ष नेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकमतका साथ अगाडि बढ्ने निर्णय गरेका छन् ।‘सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सबै...
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई...