Friday, September 18, 2026
Home राजनीति सिंहदरवारमा ८ दलको बैठक बस्दै

सिंहदरवारमा ८ दलको बैठक बस्दै

31

काठमाडौँ । सिंहदरवारमा ८ दलको बैठक बस्ने भएको छ। आज दिउँसो २ बजे नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो।

काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छलफलमा जुट्न लागेका हुन्।

राष्ट्रपति निर्वाचन, समसामयिक राजनीति, उपराष्ट्रपति चुनाव, मन्त्रिपरिषद् विस्तारजस्ता विषयहरूमा बैठकमा छलफल हुने बताइएको छ ।