Thursday, May 7, 2026
Home Blog Page 414
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन्।व्यवसायी प्रसाईँले अभियन्ताहरूलाई सरकारले पक्राउ गरेकोमा आपत्ति जनाउँदै तत्काल छोड्नुपर्ने मागसमेत गरेका छन् ।
काठमाडौँ । कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ । स्रोतका अनुसार रास्वपाले राष्ट्रपति निर्वाचनमा काँग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने तयारी गरेको छ । रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।बैठकमा सहभागी कतिपय नेताहरूले मतदानमा भाग नलिने वा ह्विप नलगाई स्वविवेक प्रयोग गर्न दिनेबारे पनि छलफल चलाएका छन् । संसद्को पाँचौँ...
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भित्ते पात्रो प्रकाशन गर्नुअघि अनिवार्यरुपमा स्वीकृति लिन सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । स्वीकृति नलिई प्रकाशित हुने भित्ते पात्रोलाई समितिको गठन आदेश २०७७ बमोजिम कानुनी कारबाही गरिने भएकाले अनिवार्यरुपमा स्वीकृति लिन आग्रह गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए । मन्त्रिपरिषद्ले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत...
काठमाडौँ । त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको यात्रुहरूलाई अर्को उडानमार्फत भैरहवा लगिने भएको छ ।काठमाडौँबाट बिहीबार बिहान भैरहवाका लागि उडेको श्री एयरलाइन्सको ८८१ नम्बरको विमान उडान लगत्तै इन्जिनमा समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो । श्री एयरलाइन्सका अनुसार सोही जहाजमा सवार ७४ जना यात्रुहरूलाई अर्को फ्लाइटमार्फत भैरहवा पठाइने छ । इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको जहाजमा...
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिको उम्मेदवारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रस्ताव गरेको तर आफूले उक्त प्रस्तावलाई अस्वीकार गरेर रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन्। बिहीबार भइरहेको राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न बानेश्वर स्थित मतदान केन्द्र पुगेका नेपालले उक्त कुरा बताएका हुन्।‘प्रचण्डजी ले मेरो नाम प्रस्तावित गर्नु भएकै हो, सबै पार्टीका सामुमा। तर, मैले...
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्। बिहीबार संघीयत संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले संविधानलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित रहने बताएका छन्।‘मेरो लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख उद्देश्य रहेको छ । संविधानलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित छु,’ उनले भने। पौडेलले आफूलाई सबैले माया गर्ने उल्लेख गर्दै ज्योतिषीले विचार...
काठमाडौँ । नेपाल प्रेस युनियनका नेता, साँखु शाखाका पूर्व अध्यक्ष एवं लावण्य सन्देश साप्ताहिकका सम्पादक पवनलाल श्रेष्ठलाई ट्रिपरले ठक्कर दिदा निधन भएको छ । उनको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो ।उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । गए राति साँखु–जोरपाटी सडकखण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा ५ ख २४१४...
काठमाडौँ । देशको तेस्रो राष्ट्रपतिका लागि अहिले मतदान प्रक्रिया जारी छ । राष्ट्रपतिका उम्मेदवारद्धय ९ दलीय सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदान गरेका छन् ।बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान १० बजे देखी मतदान सुरु भएको हो । ‘बिहान १० बजे देखी सुरु भएको मतदान दिउँसो ३ बजेसम्म हुनेछ,’...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।राष्ट्रपतिका दुवै उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले यसअघि नै मतदान गरिसकेका छन् । अहिले बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने सहायक निर्वाचन अधिकृत अमृताकुमारी...
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ ।पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय विषयमा नेपाली कांग्रेस र नेकपा एमालेको दृष्टिकोणमा तात्विक अन्तर नभएको निष्कर्ष निकाल्दै राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।राष्ट्रपति निर्वाचनमा नेमकिपाका एक संघीय सांसद र दुई प्रदेश सांसद मतदाता रहेका छन् । राष्ट्रपतिको उम्मेदवारमा नेपाली...