काठमाडौँ । सांसद गोविन्द न्यौपानेको स्वास्थ्य अवस्था बुझ्न माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् । सांसद न्यौपाने राष्ट्रपति निर्वाचनका क्रममा मतदान गरी बाहिरिँदा संसद् भवनमै चिप्लिएर घाइते भएका थिए ।सप्तरी प्रदेशसभा (क) बाट एकीकृत समाजवादीका तर्फबाट निर्वाचित सांसद न्यौपाने बिहान ११ः३८ बजेको आसपासमा चिप्लिएर लडेका थिए ।उनको टाउकोमा चोट लागेको छ । चिकित्सकहरूले स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्...
काठमाडौँ । प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटको सुनुवाइ सरेको छ। बिहीबारका निर्धारित पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको हो।बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो। न्यायाधीश श्रेष्ठ र अनिलकुमार सिन्हाको संयुक्त इजलास नसकिएकाले प्रधानमन्त्रीविरुद्धको पेसी शुक्रबारका लागि सरेको सर्वोच्च प्रशासनले जानकारी दिएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीलगायतले प्रधानमन्त्रीविरुद्ध फौज्दारी अभियोगमा रिट दायर गरेका...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा प्रचारप्रसार गर्नका लागि रङ रोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने पोस्टर टाँस्न गरी आचारसंहिता जारी गरेको छ ।त्रिविले जारी गरेको स्ववियु निर्वाचनमा आचारसंहितामा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र पोस्टर टाँस्न नपाइने उल्लेख गरिएको त्रिविका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय निर्देशक पशुपति...
काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिका-६ कोर्धमा विद्यालय जाने क्रममा भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका-६ कोर्ध फडील्ला स्थायी घर भएका दलबहादुर बडुवालकी ६ वर्षीया छोरी कमला बडुवाल रहेकी छिन् ।मृतक बालिका नेपाल राष्ट्रिय आधारभूत विद्यालय कोर्धमा कक्षा १ मा अध्ययनरत विद्यार्थी हुन् । ९ बजे घरबाट हिँडेकी कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा...
काठमाडौँ। गण्डकी प्रदेशले उपराष्ट्रपतिको चुनावपछि ‘विशेष अधिवेशन’ बोलाउने गठबन्धनको तयारी गरेको छ । काँग्रेस–माओवादी सांसदले नयाँ सरकार बनाउने आन्तरिक गृहकार्य सुरु गरेसँगै विशेष अधिवेशन’ बोलाउने तयारी गरिएको हो ।एक माओवादी सांसदका अनुसार २५ गते राष्ट्रपति निर्वाचन लगत्तै सङ्घमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने र चैत ३ गते उपराष्ट्रपति निर्वाचनपछि मुख्यमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिइनेछ ।मुख्यमन्त्री खगराज...
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेकपा (एमाले) सँग २०८४ को आमनिर्वाचनअघि सत्ता सहकार्य नहुने बताएका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचनमा मत खसालेपछि संवाददाताहरूसँग कुरा गर्दै महामन्त्री थापाले २०८४ को चुनावपछि एमाले प्रतिपक्षमा बस्ने र त्यसबेला आफूहरूले सत्तापक्षका रूपमा एमालेसँग सहकार्यको प्रस्ताव राख्ने बताएका हुन्।यसअघि राष्ट्रपतिको मतदानमा सहभागी भएपछि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काँग्रेससँग एमालेको सहकार्य...
काठमाडौँ । नेकपा एमालेका केपी शर्मा ओलीले काँग्रेस र एमालेबीच सहकार्य हुन सम्भावना रहेको बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा राष्ट्रपति निर्वाचनमा मतदान गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले राष्ट्रपति निर्वाचनपछि काँग्रेससँग सहकार्य हुन् सक्ने बताएका हुन् ।उनले राजनीतिमा जे पनि सम्भव हुने पनि बताए । उनले भने, ‘राजनीतिमा जे पनि सम्भव छ, केही पनि सम्भव छैन...
काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म छ सय ९४ मतदान भएको छ । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ दुई सय ८५ र प्रदेशसभातर्फका चार सय नौ सदस्यले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहान १० बजेदेखि मतदान सुरु भएको हो ।
काठमाडौँ । मोदी इनर्जी लिमिटेडले आज (बिहीबार)देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधरण सेयर (आइपीओ) बिक्री खुला गरेको छ।कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १०५ अर्थात् २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो ।यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा. ३, मोदी गा।पा वडा नं. ५, २,...
काठमाडौँ । वाणिज्य बैंकहरुले आगामी चैतमा ब्याजदरमा सामान्य परिवर्तन गर्दै घटाउने भएका छन् । आज बसेको वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घको बैठकले आगामी चैतमा कर्जा र निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो ।आगामी चैत १ गतेदेखि निक्षेपमा शून्य दशमलव चार प्रतिशत र कर्जामा एक प्रतिशत प्रिमियम दर घटाउने निर्णय भएको सङ्घका अध्यक्ष सुनिल केसीले...










