Sunday, September 27, 2026
Home राजनीति राष्ट्रको सेवामा समर्पित छु

राष्ट्रको सेवामा समर्पित छु

22

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो उद्देश्य रहेको बताएका छन्। बिहीबार संघीयत संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै पौडेलले संविधानलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित रहने बताएका छन्।

‘मेरो लोकतन्त्रलाई संस्थागत गर्नु प्रमुख उद्देश्य रहेको छ । संविधानलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्दै राष्ट्रको सेवामा समर्पित छु,’ उनले भने। पौडेलले आफूलाई सबैले माया गर्ने उल्लेख गर्दै ज्योतिषीले विचार गरेर भविष्यवाणी गरेको उल्लेख गरे। उनले गणतन्त्रको राष्ट्रपतिले अहिलेको संविधान अनुसार कस्तो भूमिका निर्वाह गर्नुपर्छ भन्नेमा आफू सचेत रहेको बताए। ‘ज्योतिषीले विचार गरेर भन्छन्। ठिकै छ। सबैले माया गर्छन् मलाई। राप्रपालाई अप्ठ्यारो पर्‍यो र भोट नदिनु पनि तपाईँको पक्षमा हो भन्नुभयो,’ उनले भने।