धनगढी । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा नाबालिकामाथि सामूहिक बलात्कार भएको छ । धनगढी उपमहानगरपालिका-१० जुगेडा बस्ने १३ वर्षीया बालिकामाथि १७ फागुनमा सामूहिक बलात्कार भए पनि ढिलोगरी घटना सार्वजनिक भएको हो ।प्रहरीले पीडित बालिकाका परिवारले घटनाबारे जानकारी दिएपछि बलात्कारमा संलग्न रहेको आरोप लागेका दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० कुलदिप चन्दले पीडितका...
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अन्तिम शृङ्खलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ । कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् । उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् ।२२ ओभरको खेल सकिँदा नेपालले २ विकेट गुमाएर १२४ रन...
काठमाडौँ । राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेलले गणतन्त्रको सुदृढीकरणका लागि आफूले संरक्षकको भूमिका निर्वाह गर्ने बताएका छन्। संसद् भवनमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै पौडेलले गणतन्त्र स्थापनामा आफूले भूमिका खेलेको र यसको सुदृढीकरणका लागि संरक्षकको भूमिका खेल्ने बताएका हुन्।उनले भने, ‘राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्ष कस्तो हुन्छ भनेर म देखाउनेछु। केही दिनमै निर्वाचित भएमा तपाईँ (पत्रकार)हरूलाई पनि बोलाउने छु।’ पौडेलले आफू...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिट न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ। गोला प्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ। प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको जिम्मा आफूले लिन्छु भनी दिएको अभिव्यक्तिलाई लिएर पीडितहरूले रिट दायर गरेका हुन्।अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। प्रशासनले दरपिठ गरेपछि निवेदकहरू इजलासमा पुगेका...
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत बिहीबारबाट सुरु भएको अन्तिम तथा निर्णायक शृङ्खलामा नेपालले पपुवा न्युगिनी विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ। टियू मैदान कीर्तिपुरमा जारी खेलमा पिएनजीका कप्तान असद भालाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ सुरु गरेको छ।नेपालले १३ ओभरमा विना विकेटको क्षतिमा ७० रन पुरा गरेको छ।...
रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका-२ दहवनमा गए राति ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात घाइते भएका छन् ।मृत्यु हुनेमा ट्रयाक्टरमा सवार मजदुर सल्यानको कुमाक गाउँपालिका-६ का ३२ वर्षीय टोपलाल विक रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रकाश भुसालले जानकारी दिए । उनको राप्ती विज्ञान प्रतिष्ठान दाङमा उपचारका क्रममा मृत्यु भएको हो ।सडकमा काम गर्ने...
काठमाडौँ । आज राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ दलीय गठबन्धनका तर्फबाट काँग्रेसका रामचन्द्र पौडेल र एमालेका तर्फबाट सुवास नेम्वाङ उम्मेदवार छन्।बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा मतदान हुँदैछ। मतदानमा सहभागी हुनुअघि नेकपा एकीकृत समाजवादीका सांसदहरू पार्टी कार्यालय आलोकनगरमा भेला हुने भएका छन्।अध्यक्ष माधवकुमार नेपालले प्रदेश र संघीय...
काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम त्रिकोणात्मक शृङ्खलामा नेपाल अहिले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याटिङ गर्दै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर नेपाललाई पहिला ब्याटिङको निम्तो दिएको हो ।विश्वकप लिग–२ को शीर्ष तीन भित्र रहन नेपाललाई जारी शृङ्खलाका चारै खेलमा जित आवश्क छ । एकदिवसीय मान्यता जोगाउनका लागि भने नेपाललाई चारमध्ये दुई खेल...
काठमाडौँ । काठमाडौँबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं.८२१ को जहाजको इन्जिनमा आगो लागेको हो ।सो जहाजलाई काठमाडौँमै आकस्मिक अवतरण गराउने तयारी गरिएको छ । काठमाडौँबाट उड्नासाथ चालक दलले टावरलाई यसबारे जानकारी गराएको स्रोतले जनाएको छ ।
काठमाडौँ । तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । बिहीबार (आज) बिहान १० बजेदेखि संसद् भवन बानेश्वरमा मतदान सुरु भएको हो ।राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । निर्वाचनमा दुई पूर्व सभामुख रामचन्द्र पौडेल नेपाली काँग्रेस) र सुवासचन्द्र नेम्वाङ (नेकपा एमाले) बीच प्रतिस्पर्धा हुँदै छ । काँग्रेसका पौडेललाई ९ दलको साथ छ भने एमालेका नेम्वाङलाईआफ्नो पार्टीको...










