नेपालगञ्ज । सरकारले कोभिड-१९ विरुद्ध दोस्रो बुष्टर डोज खोप दिन सुरु गरेको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, शुक्रबारदेखि बाँकेमा यसको सुरुवात भएको छ।नेपालगञ्जको वडा नं. ४ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र भेरी अस्पतालबाट दोस्रो बुष्टर डोजको सुरुवात गरिएको छ। पहिलो चरणमा ५५ वर्षमाथि, १२ वर्षमाथिका दीर्घ बिरामी, गर्भवती र फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई दोस्रो बुष्टर...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी छ ।
काठमाडौँ । नागरिक लगानी कोषले चारवटा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ । ३३औँ वार्षिकोत्सवको अवसरमा कोषले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत कुल सात लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।कोषले सशस्त्र प्रहरी बल, नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयलाई ‘ए’ डिभिजन डबल लिग खेल्न आवश्यक पर्ने खेलकुदलगायतका सामग्री खरिद गर्न एक लाख ५० हजार रुपैयाँको चेक प्रदान गरेको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको हिन्दप्रशान्तकी सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानले शिष्टाचार भेटवार्ता गरेकी छन्। आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मन्त्री म्यारीले शिष्टाचार भेटवार्ता गरेकी हुन्।भेटमा दुई देशको मैत्री सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। पेसी ट नम्बरमा पालो रहेको छ। बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको थियो। उक्त रिटको न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा परेको हो ।०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका ५ हजार जनाको हत्याको...
काठमाडौँ । माओवादी घटकले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो।बैठकपछि नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले उपराष्ट्रपतिमा लैंगिक रूपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए।उनले अहिलेको अवस्था स्थितिअनुसार फरक समुदायको महिला नै भए राम्रो हुनेमा जोड दिए। गुरुङले...
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका छन् । उनले आज बिहान पशुपतिनाथ मन्दिर पुगी पूजाआजा गरेर प्रसाद ग्रहण गरेका हुन् ।यसअघि नवनिर्वाचित राष्ट्रपति पौडेलले गुहेश्वरी मन्दिरमा पूजा गरेका थिए । पूजा सकेर उनी आजै सुन्दरीजलस्थित विपी सङ्ग्रहालय जाने कार्यक्रम छ । त्यहाँ उनले प्रथम जन निर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विपी कोइरालालगायत...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ८०० रुपैयाँले बढेर तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।यस्तै, तेजाबी सुन तोलामा १ लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार...
काठमाडौँ । माओवादी घटकका पार्टीहरूले फागुन २८ गते (आइतबार)संयुक्त पत्रकार सम्मेलन गरी पछिल्ला घटनाक्रमको सामूहिकरूपमा खण्डन गर्ने भएको छ ।शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले सो निर्णय गरेको हो । बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रिया अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्ने र फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको...
काठमाडौँ । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र ९ किलो वन लसुनसहित उनीहरूलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ...










