Thursday, October 1, 2026
Home राजनीति प्रधानमन्त्री प्रचण्डसँग बेलायतको हिन्दप्रशान्तकी सहायकमन्त्री म्यारीको शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग बेलायतको हिन्दप्रशान्तकी सहायकमन्त्री म्यारीको शिष्टाचार भेटवार्ता

29

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको हिन्दप्रशान्तकी सहायकमन्त्री एन्नी म्यारी ट्रेभिल्यानले शिष्टाचार भेटवार्ता गरेकी छन्। आज शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर मन्त्री म्यारीले शिष्टाचार भेटवार्ता गरेकी हुन्।

भेटमा दुई देशको मैत्री सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।