प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा

22

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेसी तोकिएको छ। पेसी ट नम्बरमा पालो रहेको छ। बिहीबार तोकिएको पेसी हेर्न नभ्याउने हुँदै शुक्रबारका लागि सरेको थियो। उक्त रिटको न्यायाधीश खतिवडाको इजलासको ११ औं नम्बरमा परेको हो ।

०७६ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा भएका ५ हजार जनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए । प्रचण्डविरुद्ध ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् ।