कोभिडविरुद्ध दोस्रो ‘बुष्टर डोज’ दिन सुरु

37

नेपालगञ्ज । सरकारले कोभिड-१९ विरुद्ध दोस्रो बुष्टर डोज खोप‍ दिन सुरु गरेको छ। स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार, शुक्रबारदेखि बाँकेमा यसको सुरुवात भएको छ।

नेपालगञ्जको वडा नं. ४ मा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र भेरी अस्पतालबाट दोस्रो बुष्टर डोजको सुरुवात गरिएको छ। पहिलो चरणमा ५५ वर्षमाथि, १२ वर्षमाथिका दीर्घ बिरामी, गर्भवती र फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई दोस्रो बुष्टर डोज दिइएको छ।

यी समूहका व्यक्तिलाई दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुष्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुष्टरको फाइजर खोप दिइने खोपसुपरभाइजर श्रेष्ठले जानकारी दिए।

‍बाँकेमा १५ हजार डोज खोप आएको छ। कोभिडको पहिलो र दोस्रो लहरमा हटस्पट बनेकाले बाँकेका कोभिडविरुद्धको खोप कभरेज राम्रो रहेको छ।

अहिलेको खोपलाई नियमित लगाएकाले चौँथो डोज मानेका छन्।