Thursday, May 7, 2026
Home Blog Page 408
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–८ मा आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको हो ।शुक्रबार साँझ घरमा बिजुली सट भएर घरमा आगलागी हुँदा जलेर घटनास्थलमा नै उनीहरूको मृत्यु भएको हो । आगलागीको समयमा परिवारका अन्य...
अर्घाखाँची । जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खाएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ ।बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी-६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रूपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा...
काठमाडौं । नेकपा एमालेले उपराष्ट्रपतिमा अष्ट लक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज (शनिबार)उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ। निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजे देखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ।
काठमाडौँ । सत्तारुढ गठबन्धनले उपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको ९ दलको बैठकले जनता समाजवादी पार्टी(जसपा)बाट पुरुष र जनमत पार्टीबाट महिला उम्मेदवार उठाउने निर्णय गरेको हो ।जसपाबाट संसदीय दलका नेता रामसहाय यादव उम्मेदवार रहेका छन् भने जनमतबाट ममता झालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । चैत ३ गते निर्वाचनका लागि आज...
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पक्राउ गर्ने आदेश दिनु नपर्ने निर्णय गरेको छ।  न्यायाधीश ईश्वर खतिवडाको इजलासले रिट निवेदकले माग गरे अनुसारको आदेश तत्काल दिन नपर्ने आदेश गरेको हो।‘निवेदनमा मूलतः सङ्क्रमणकालीन न्याय सम्पादनका सन्दर्भमा विचारणीय हुन आउने नेपालको संविधान र प्रचलित कानूनमा रहेका प्रावधान, यस अदालतबाट पटक-पटक सङ्क्रमणकालीन न्यायको विषय समावेश भएका विवादमा गरिएको व्याख्या...
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको संसदीय दलको बैठकले अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको उमेर भने नपुग्ने देखिएको छ ।राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ अनुसार भने राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार बन्न कम्तीमा ४५ वर्ष पूरा भएको हुनुपर्छ । शुक्रबार बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकले अध्यक्ष...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति संस्थालाई कति सम्मानित र मर्यादित बनाउने भन्ने कुरामा सरकारको महत्वपूर्ण भूमिका हुने बताएका छन्।नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिँदै महामन्त्री थापाले राष्ट्रपतिको मुख्य सल्लाहकार प्रधानमन्त्री नै भएको बताए। उनले भनेका छन्, ‘राष्ट्रपति संस्थालाई मर्यादित बनाउने जिम्मेवारी पनि प्रधानमन्त्रीको हो। राष्ट्राध्यक्षलाई नियमित सु–सुचित गर्नका लागि प्रधानमन्त्री र राष्ट्रपतिका बीचमा कम्तिमा महिनामा दुई...
काठमाडौँ । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो ।अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पटक-पटक ताकेता गरेर रासायनिक मलमा अनुदान घटाउन भनेको हो । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दै जाँदा सरकारका दायित्व पनि बढेको भन्दै ५० प्रतिशतमा झार्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थ स्रोतका अनुसार यो विषय...
काठमाडौँ । गण्डकी दुग्ध विकास बोर्डको उपाध्यक्षमा पूर्व सांसद तिलक महत नियुक्त भएका छन् । मुख्यमन्त्री खगराज अधिकारीको प्रस्तावमा ११ फागुनको मन्त्रिपरिषद् बैठकले तिलबहादुर महत क्षेत्री (तिलक महत)लाई उपाध्यक्ष नियुक्त गरेको हो ।नवलपुरबाट प्रतिनिधि सभा सदस्य भइसकेका महत मुख्यमन्त्री अधिकारीको राजनीतिक सल्लाहकार हुन लविङमा थिए । बोर्डको उपाध्यक्ष प्रदेश सरकारको सहायक मन्त्रीसरह हुने व्यवस्था छ । तर काम, कर्तव्य...
काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा नेतृ ममता झाको नाम अघि सारेको छ ।  सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो ।पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको एक नेताले बताए ।यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको  थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको...