ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जनमतको निर्णय

53

काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा नेतृ ममता झाको नाम अघि सारेको छ ।  सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै झाको नाम अघि सारेको हो ।

पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको एक नेताले बताए ।

यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको  थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।